बुधबार, असार १०, २०८३

'निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ'

टीकापुर–३ शङ्करपुरकी केशरा जिसीले निर्वाचित प्रतिनिधिले सबैका समस्यालाई समानरुपले बुझ्न र सबैलाई समान व्यवहार गर्न आग्रह गरिन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

टीकापुर- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा  निर्वाचित प्रतिनिधि सबैका साझा बन्नुपर्ने स्थानीय बताउँछन्। स्थानीय झरना रिमाल भन्छिन्, ‘निर्वाचनका बेला गाउँमा भएको चहलपहलको प्रभाव हट्न महिनौँ लाग्छ। जितेका पार्टीका दलका कार्यकर्ताको तडकभडक गाउँमा अरुलाई पीडा दिने खालको हुनुहुँदैन। निर्वाचित भइसकेपछि त सबैको साझा बन्नुपर्छ।’

National life

टीकापुर–३ शङ्करपुरकी केशरा जिसीले निर्वाचित प्रतिनिधिले  सबैका समस्यालाई समानरुपले बुझ्न र  सबैलाई समान व्यवहार गर्न आग्रह गरिन्।  

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार जित्ने उम्मेदवार जितिसकेपछि सबैको साझा व्यक्ति हो। त्यसैले विजयी हुने उम्मेदवारले सार्वजनिक कार्यक्रममा होस्या अन्य भेटघाटमा,सबैलाई समान व्यहावहार गर्नुपर्ने र विपक्षी पार्टीप्रति आस्था बोकेका नागरिकलाई त्यस्तो अनुभूति हुने कुनै गतिविधि गर्न नहुने बताउँछन्। ‘मैले निर्वाचनपछि जिम्मेवारीका हिसाबले सबैलाई समान व्यवहार गरिरहेको छु। निर्वाचन सकिएपछि म सबैको वडाध्यक्ष हो भन्ने ध्यानमा राखेको छु’, उनि भन्नुहुन्छ, ‘सेवा प्रभाव, अवसरजस्ता कुरामा सबैलाई समान दृष्टिले हेर्ने गरिएको छ। यो सबैले गर्नुपर्छ।’

स्थानीय तहको निर्वाचनका बेला आफू विजयी भइसकेपछि नागरिकको साझा उम्मेदवार बनाउने प्रयास गर्दा सबै नागरिकका गुनासा समानरुपले लिने गरेको टीकापुर नगरपालिका–३ का वडाध्यक्ष ऋषि श्रीपाइली बताउछन्। ‘सकेसम्म सबैलाई हाम्रो जनप्रतिनिधि हो भन्ने अनुभूति दिलाउन आफूले आफ्ना हरेक गतिविधिमा सुधार गर्दै लगेको छु’, उनी भन्छन्, ‘फलानो पार्टीको वडाध्यक्ष भएर हामीले सेवा पाएनौँ भनी गुनासो नआओस् भन्नेमा सचेत छु।’

नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई प्रतिनिधि सबैको साझा हो। साझा बन्नुपर्ने कर्तव्य भएको बताउँछन्।  उनी भन्छन्, ‘तर त्यसो गरेको कम देखिन्छ। कतै न कतै दलसँगको झुकाव देखिन्छ। निर्वाचित भएकाले यस्ता कुरामा ध्यान दिनुपर्छ।’  -रासस

Shivam cement

प्रकाशित: Nov 28, 2022| 08:28 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...