शुक्रबार, भदौ १९, २०८३

स्थानीय तहका कर्मचारीलाई तालिम दिइने

सरकारले स्थानीय तहका कर्मचारीको कार्यक्षमता अब्बल बनाउने उद्देश्यसहित विभिन्न मुलुकमा आयोजना हुने सेवा प्रवाहसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्ने भएको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- सरकारले स्थानीय तहका कर्मचारीको कार्यक्षमता अब्बल बनाउने उद्देश्यसहित विभिन्न मुलुकमा आयोजना हुने सेवा प्रवाहसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्ने भएको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभिन्न मुलुकमा आयोजना हुने वैदेशिक अध्ययन तथा तालिममा सहभागी गराउन लागेको हो। 

तत्काल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहका कर्मचारीलाई तालिम प्रदान गरिनेछ।

तालिममा सार्वजनिक प्रशासनको सुधारमा कर्मचारीको क्रियाशीलता, व्यवस्थित सहरीकरण, स्थानीय तहको सेवा प्रवाह र विकास निर्माणलगायतका क्षेत्रसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Nov 28, 2022| 07:26 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...