शुक्रबार, जेठ २९, २०८३

उड्न लागेको जहाजको इन्जिन स्टार्ट नभएपछि...

प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएपछि नेपाल वायुसेवा निगमको काठमाडौं–मुम्बई उडान रोकिएको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९
National life
Shivam cement

काठमाडौं– प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएपछि नेपाल वायुसेवा निगमको काठमाडौं–मुम्बई उडान रोकिएको छ। आज बिहान साढे ११ बजे मुम्बई उड्नुपर्ने जहाज निर्धारित समयमा उड्न नसकेको हो।

जहाज समयमा नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका छन्। मुम्बईका लागि तय गरिएको न्यारोबडी विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो। तर सो उपकरण पनि बिग्रिएपछि विमान थन्किएको हो। 

विमानमा समस्या आएपछि निगमले ती यात्रुलाई दिल्लीबाट फर्किंदै गरेको अर्को न्यरोबडी विमानमार्फत मुम्बई पठाउने भएको छ।

प्रकाशित: Nov 27, 2022| 14:27 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्