बिहीबार, साउन २९, २०८२

'ग्यास आपूर्ति जुनसुकै बेला पनि बन्द हुनसक्छ'

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
Metro Mart
काठमाडौं- भारतबाट भित्रिने ग्यासको आपूर्ति जुनसुकै बेला बन्द हुने ग्यास व्यवसायीहरुले चेतावनी दिएको छ। भारतीय एलपि ग्यास ढुवानीकर्ताहरुबाट डिजललगायत विविध खर्च बढेको कारण अब उप्रान्त ढुवानी गर्न नसकिने व्यहोराको पत्र पठाएकोले जुनसुकै बेला पनि भारतीय ढुवानीकर्ताले ढुवानी बन्द गर्नेसक्‍ने चेतावनी दिएका छन्। 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले भारतीय एलपि ग्यास ढुवानीकर्ताहरुबाट डिजललगायत विविध खर्च बढेको कारण अब उप्रान्त ढुवानी गर्न नसकिने व्यहोराको लिखित पत्र संघलाई पठाएको बताए। 

‘उक्त पत्र हामीले सरोकारवाला निकायसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसम्म पुर्‍याइसकेका छौं,’ उनले भने ‘कुनै पनि बेला खाना पकाउने एलपि ग्यासको आपूर्ति रोकिन सक्ने सम्भावना छ।’

उनले ग्याँस आपूर्ति नेपाली व्यवसायीहरुको नियन्त्रणभन्दा बाहिर गएको जानकारी दिए। ‘यो समस्या हाम्रो नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ‘भारतीय ढुवानीकर्ताहरुले यसअघिको मूल्यमा ग्यास ढुवानी गर्दिन भनेका छन्। हामीले बढाउन सकेनौ भने जतिखेर पनि ढुवानी बन्द हुनसक्छ।’

ग्यास उद्योगीहरुले यो समस्यामा नेपाली व्यवसायीहरुले केही पनि गर्न नसक्ने जानकारी दिएका छन्। यसको दोष पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मूल्य रहेको उनीहरुको दाबी छ। 

उनीहरुकाअनुसार भारतको बरौनीदेखि काठमाडौंसम्म ग्यास ढुवानी गर्न प्रतिसिलिन्डर ८७ रुपैयाँ लाग्ने गरेको छ। त्यसमा व्यवसायीहरुले कमिशनवापत प्रतिसिलिण्डर ३०-३२ रुपैयाँ लिंदै आएको छ। 

अहिले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै भारतीय ढुवानीकर्ताले प्रतिसिलिन्डरमा करिब भारु १७ अर्थात २७ नेपाली रुपैयाँ ढुवानी भाडा बढाउन पर्ने माग गरेका छन्।
अध्यक्ष भण्डारीका अनुसार हाल  ग्यास आयातदेखि बिक्री वितरणसम्म आइपुग्दा हुने विभिन्न चरणका खर्चहरु जसमा डिजेलको मूल्य वृद्धि, कर्मचारीको तलव वृद्धि, बैकको ऋणको व्याजमा वृद्धि, विभिन्न करका दायरामा वृद्धि, भन्सार नाकामा (भारततर्फ र नेपालतर्फ) विभिन्न शुल्कहरु लगाइनुलगायतका खर्चहरुमा वृद्धि भएकोले उद्योगको लागत खर्च समेत अत्यधिक बढेको हो। सरकारले दिंदै आएको कमिसन लगायतको खर्च बढाउन संघले माग राखेको छ ।

संघले त्योसँगै सिलिण्डर प्रतिस्थापन खर्च, नयाँ ग्याँस उद्योगको स्वीकृती, ग्यासको विक्री मूल्य कटौती गरेको, कोटा लगायतका सम्बन्धमा १० ओटा माग अघि सारेका छन्। 

भदौ २२ गते चितवनमा सम्पन्न संघको २३ औं वार्षिक साधारण सभाको निर्णयानुसार संघले सरकारसमक्ष ती मागहरु पेश नर्गे निर्णय गरि मन्त्रालय, नेपाल आयल निगम लगायतका सम्बन्धीत निकायमा पेश गरिसकेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्