शुक्रबार, वैशाख २१, २०८१

किन हारे ओली र देउवाका निकटस्थ?

कांग्रेस र एमाले दुवैमा पार्टीभित्रका प्रभावशाली नेताहरुले पराजय भोगेका छन्। अझ रमाइलो त के भने, पराजित हुने अधिकांश कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थ छन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई ठूलो धक्का लागेको छ। पहिलो र दोस्रो दल पनि पार्टीभित्रका प्रभावशाली नेताहरुले पराजय भोगेका छन्। अझ रमाइलो त के भने, पराजित हुने अधिकांश कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थ छन्। 

triton college

ओलीको हर कदममा साथ दिने उनको ‘कोर टिम’का शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई, महेश बस्नेत र विशाल भट्टराई यो निर्वाचनमा पराजित भए। त्यसैगरी पार्टीभित्र र बाहिर ओलीका गलत कदममा समेत खुलेर समर्थन जनाउने लेखराज भट्ट, प्रदीप ज्ञवाली, शेरधन राई, अग्नि खरेल, ऐन महर, गौरीशंकर चौधरी पनि अब संसद्मा देखिने छैनन्। यसैगरी कोमल वली, शान्ता चौधरी, भानुभक्त ढकाल, शेरबहादुर तामाङ र लालबाबु पण्डित पनि पराजित भएका छन्।

यसैगरी, कांग्रेस सभापति देउवा निकटस्थ कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरी, सुनिल थापा, देवेन्द्रराज कँडेल, उमेश श्रेष्ठ, नागेन्द्र राय, भीष्मराज आङ्देम्बे पराजित भएका छन्। यसैगरी देउवा पक्षका खगेन्द्र अधिकारी, देउकुमार थेबे, किशोरदत्त बराल, भरतकुमार शाह र रामजनम चौधरी पनि पराजित भए। देउवा पक्षकै विश्व पौडेल महालक्ष्मी उपाध्याय डीना, सुरेन्द्र चौधरी, पदमनारायण चौधरी र अर्जुन जोशीले पनि संसद् छिर्न पाएनन्। यीमध्ये अन्य नेताहरु पहिलेदेखि नै देउवा पक्षमा रहेकोमा उमाकान्त, खगेन्द्र र देउकुमार १४ औँ महाधिवेशनमा सिटौला पक्षबाट आएका हुन्। पहिले कोइराला पक्षमा रहेका पदमनारायण र अर्जुन १३ औँ महाधिवेशनमै देउवा पक्षमा खुलिसकेका थिए।

उसो त यसपटक पूर्वी मधेशमा सीके राउतको जनमत, मध्य सहरी क्षेत्रमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पश्चिम नेपालका तराईँ जिल्लामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको उदयका कारण पुराना दलहरुलाई धक्का लागेको छ। तथापि, हालसम्म कांग्रेसले ४२ र एमालेले ३२ ठाउँमा जित निकालेको छ। तर हारेका अधिकांश क्षेत्रमा पार्टी अध्यक्षनिकट उम्मेदवार छन्। 

कांग्रेस र एमाले दुवैमा पार्टीभित्रका प्रभावशाली नेताहरुले पराजय भोगेका छन्। अझ रमाइलो त के भने, पराजित हुने अधिकांश कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थ छन्।

राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएका एमाले महासचिव, सचिव वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक तथा कांग्रेसतर्फ पूर्वमहामन्त्री र पूर्वउपसभामुख त्यो पनि नेतृत्वनिकटस्थको हारलाई राजनीतिक विश्लेषक रोशन जनकपुरी जनताहरुमा भएको पुरानो दल र नेताहरुप्रतिको उदासिनताका कारण ‘भोट ट्रान्सफर’ भएको बताउँछन्। देशैभर उदाएका नयाँ दल र युवा प्रतिनिधिले पनि त्यो पुष्टि हुने उनको तर्क छ।

corrent noodles
Metro Mart

राजनीतिक दलप्रति भएको वितृष्णाका कारण ‘फ्रस्ट्रेसनको भोट’ नयाँमा गएर पार्टीभित्र प्रभाव भएका र राजनीतिक रुपमा स्थापित नेताहरुले हारेको उनी बताउँछन्। ‘दलहरुमै पनि शीर्षस्थ नेताहरु लगभग सुरक्षित भए, दलका नयाँ युवाले चुनाव जिते,’ उनले भने, ‘तर दोस्रो पुस्ताका नेतृत्वनिकटले भने त्यही जनतामा भएको वितृष्णाका कारण पराजित हुनुपर्यो।’

शीर्ष नेताहरु सुरक्षित हुनुमा पनि उनीहरुप्रति जनविश्वासका कारण नभएको उनी बताउँछन्। ‘दलमा रहेका पहिलो पुस्ताका नेताले चुनाव जित्नुमा उनीहरुप्रति जनअपेक्षा भएर होइन, उनीहरु प्रधानमन्त्रीका दाबेदार छन्,’ उनले भने, ‘त्यही कारण आफ्नो क्षेत्रले प्रधानमन्त्री पाउँछ भन्ने मनोविज्ञानका कारण हुनुपर्छ उनीहरुलाई भने भोट गएको देखियो।’ एमाले र कांग्रेसबाट पटकपटक उम्मेदवार बनेका नेताहरुले चुनाव हारेर मध्यमखालका नेताको विजयको कारण नेतृत्वको अक्षमता भएको तर्क उनको छ। दलहरुले जनविश्वास जोगाउन नसकेको उनले बताए।

योपटक जनताले सिद्धान्त र क्षेत्रीय एजेण्डा हेरेर नभई बिना कुनै अपेक्षा पुरानालाई बहिष्कार मात्रै गरेकाले चुनिएका नयाँ प्रतिनिधिले जनसरोकारबमोजिम काम गर्न नसके ‘राजनीतिक कोर्ष’ आगामी दिनमा पुनः बदलिनसक्ने उनी बताउँछन्। ‘नेकपाले स्थायी सरकार जोगाउन सकेन, जनमतको अनादर गरी बीचमै संसद् विघटन गर्यो,’ उनले भने, ‘न त कांग्रेस, माओवादीलगायतले नै जनविश्वास जोगाउन सके, यस्तोमा राजनीतिक विचारधारासहित नयाँ दल आएको भए भोट त्यता पनि जानसक्थ्यो, गएको पनि देखियो।’

यसैगरी लेखक तथा राजनीतिका जानकार सञ्जीव उप्रेती युवाहरुप्रतिको जनरुझानका कारण चुनावी परिणाम बदिलिएको बताउँछन्। ‘पुरानो अनुहारदेखि विरक्तिएर नयाँ अनुहारलाई जनताले जिताए, जुन पार्टीबाट आए पनि युवापुस्ता नेतृत्वमा आउनु राम्रो हो,’ उनले भने, ‘दल र दलको नेतृत्व गरिरहेकाले जनसरोकारका काम गर्न नसकेकै कारण नयाँ सम्भावना जनताले रोजेका हुन्।’ परिवर्तनको चाहना र युवाप्रतिको रुझान तथा पुस्तान्तरणको अभ्यास यो चुनावमा भएको उनले बताए। 

प्रकाशित: Nov 25, 2022| 18:07 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...