काठमाडौं- आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो।
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच छलफल गर्ने भएको छ। बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका अगुवा सहभागी हुनेछन्।
सरकार र राजनीतिक दलबीच पटक पटक बैठक बसिरहेका छन्। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।