शुक्रबार, जेठ २९, २०८३

५ जलविद्युत् कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र शुभव पावर कम्पनीको आईपीओ खुल्दै।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– धितोपत्र बोर्डले ५ वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले २९ कात्तिकदेखि १ मंसिरसम्म ५ जलविद्युत् कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।

National life

बोर्डले गत २९ कात्तिकमा एसियन हाइड्रोपावरलाई ११ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति दिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सेयर निष्कासन गर्नेछ।

कम्पनीले कुल चुक्ता पुँजीको ३४.७१ प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० तोकिएको छ।

बोर्डले १ मंसिरमा ४ वटा जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ। एकै दिन अनुमति दिइएका कम्पनीमा सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र शुभम पावर कम्पनी रहेका छन्।

यी कम्पनीमध्ये सुपरमाईले १० लाख कित्ता आईपीओ जारी गर्न लागेको छ। कम्पनीले कुल चुक्ता पुँजीको २० प्रतिशत सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० मा आईपीओ जारी गर्नेछ। 

Shivam cement

सुपर मादीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ३१ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ। कम्पनीले  चुक्ता पुँजीको १५ प्रतिशत सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० मा आईपीओ जारी गर्नेछ। 

बोर्डले मायाखोला हाइड्रोपावरलाई पनि आईपीओ निष्कासन अनुमति दिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ३४ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० को दरमा आईपीओ जारी गर्नेछ।

यस्तै, शुभम पावरले ५ लाख ८० हजार ५८० कित्ता आईपीओ जारी गर्नेछ, जुन सर्वसाधारणका लागि मात्रै हो। कम्पनीले यसअघि नै आयोजना प्रभावितलाई सेयर बिक्री गरिसकेको छ। कम्पनीले चुक्ता पुँजीको २९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

प्रकाशित: Nov 25, 2022| 13:13 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्