सोमबार, वैशाख २८, २०८३

खुल्यो एसईई परीक्षाको आवेदन

एसईई परीक्षामा सहभागी हुने विद्यार्थीले ८ मंसिरदेखि १० पुससम्म आवदेन दिन सक्नेछन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

National life

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसईईको आवेदन खुलाएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक सूचना जारी गर्दै परीक्षा आवेदन खुलाएको हो।

८ मंसिरदेखि १० पुससम्म आवदेन भर्न पाइनेछ। माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीले आवदेन दिन सक्ने कार्यालयले बताएको छ।

विद्यालयले १७ पुसभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ। माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७५१ जना एसईई परीक्षामा सहभागी भएका थिए।

प्रकाशित: Nov 25, 2022| 12:09 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्