शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसबाट ५ व्यवसायी सांसद चुनिँदा ६ को अग्रता, रविसँग उमेश पराजित

कांग्रेसबाट ५ व्यवसायी सांसद चुनिँदा ६ को अग्रता, रविसँग उमेश पराजित

नेपाली कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी योगश गौचन थकाली, निर्माण व्यवसायी मोहन आचार्य, मेडिकल व्यवसायी श्यामकुमार घिमिरे, मेनपावर व्यवसायी टेकबहादुर गुरुङ र पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि निर्वाचित भएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

किशोर दाहाल

किशोर दाहाल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट एक दर्जन उद्योगी/व्यवसायीले टिकट पाएका थिए। शिक्षा व्यवसायी तथा राज्यमन्त्री उमेश श्रेष्ठबाहेकका ६ व्यावसायिक पृष्ठभूमिका कांग्रेस उम्मेदवार निर्वाचित हुँदा विनोद चौधरीलगायत केही उम्मेदवारले भने जारी गणनामा अग्रता बनाएका छन्। 

National life insurance

नेपाली कांग्रेसबाट पर्यटन व्यवसायी योगश गौचन थकाली, निर्माण व्यवसायी मोहन आचार्य, मेडिकल व्यवसायी श्यामकुमार घिमिरे, मेनपावर व्यवसायी टेकबहादुर गुरुङ र पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि निर्वाचित भएका छन्। यसैगरी नवलपरासी पश्चिम-१ मा विनोद चौधरीले, सप्तरी-४ मा शिक्षा व्यापारी तेजुलाल चौधरीले, नवलपरासीपूर्व ३ मा क्रसर व्यावसायी विष्णुकमार कार्की, मोरङ-३ मा मेडिकल व्यवसायी सुनीलकुमार शर्मा र रामेछापबाट निर्माण व्यवसायी कान्छाराम तामाङ जारी मतगणनामा अग्रस्थानमा छन्।

चितवन-२ बाट पराजित श्रेष्ठले पर्यटन, जलविद्युत र बैंकिङ क्षेत्रमा लगानी गरेका छन्। अघिल्लो दुई निर्वाचनमा समानुपातिक सुविधा उपभोग गरेर सांसद भइसकेका श्रेष्ठ पहिलो पटक प्रत्यक्ष प्रणालीबाट सांसद चुनिन उम्मेदवार बनेका थिए। शेरबहादुर देउवानिकट मानिने श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले करिब ३४ हजार १७० को फराकिलो मतान्तरले पराजित गरे। उमेशले १५ हजार ९१ मत प्राप्त गर्दा रविले ४९ हजार २६१ मत प्राप्त गरे। 

मुस्ताङबाट निर्वाचित योगश गौचन थकाली व्यावसायिक पृष्ठभूमिका कांग्रेस नेता रोमी रोमी गौचन थकालीका छोरा हुन्। २९ वर्षमा सांसद बनेका योगेशलाई ३ हजार ९९२ मतले सांसद पदसम्म पुर्याएको हो। निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाउँदा सांसद पदबाट बञ्चित भए। 

यसैगरी रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य निर्वाचित भएका छन्। पेसाले इन्जिनियर उनीसँग सडक, पुल, अस्पताललगायतका पूर्वधार निर्माण गरेको अनुभव छ। २०७४ को निर्वाचनमा  यसै क्षेत्रबाट प्रत्यक्षतर्फ जितेर सांसद भएका उनले यसपालि निकटतम प्रतिद्वन्द्वी एमालेका छोवाङजेन्जिङ तामाङभन्दा दोब्बरभन्दा बढी मत पाए। आचार्यले १८ हजार २३५ मत प्राप्त गर्दा तामाङले ८ हजार १६४ मत ल्याए। अघिल्लो पटक एमाले-माओवादी एक भएर चुनावमा जाँदासमेत उनी विजयी भएका थिए। 

worldlink

प्रकाशित: Nov 24, 2022| 08:55. 42 बिहीबार, मंसिर ८, २०७९