शुक्रबार, वैशाख ७, २०८१

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरुको कस्तो छ अवस्था?

पछिल्लो परिणामलाई हेर्दा एमालेमै रहिरहेका पूर्वमाओवादी नेताको अवस्था भने झनै नाजुक देखिन्छ। चुनावअघि पार्टीभित्रै टिकट लिनुपर्ने एकखाले सकस उनीहरुमा देखिन्थ्यो। टिकट पाएपछि पनि उनीहरुलाई सहज भने भएन।
 |  बिहीबार, मंसिर ८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– पूर्वमाओवादी नेता रामबहादुर थापा बादल यतिबेला चर्चामा छैनन्। देशभरबाट मतपरिणाम धमाधम सार्वजनिक भइरहेको अवस्थामा उनको चर्चा त्यति सुनिँदैन। कारण, गत मसिंर ४ गते सम्पन्न चुनावमा उनी सहभागी नै भएनन्। अझ भनौं, एमालेले उनलाई टिकट नै दिएन।

triton college

तत्कालीन नेकपा विभाजनका बेला प्रचण्डलाई छाडेर केपी ओलीलाई साथ दिएकोले पनि एमालेले बादललाई टिकट दिनसक्ने आँकलन बाहिर सुनिन्थ्यो। जबकी उनले ओलीलाई संसद् विघटनदेखि अन्य गतिविधिमा दह्रो साथ दिएका थिए। दशकौँ योगदान गरेको पार्टी माओवादी र अध्यक्ष प्रचण्डलाई छोडेर ओलीसँग कुम जोड्न पुगेका थिए। 

तर टिकट वितरणको पूर्वमाओवादीप्रति ओली क्रममा भने नरम देखिएनन्। बादल आफूले प्रत्यक्षमा नलडी समानुपातिकमा बस्न रुचाए पनि ओलीले रुचाएनन्। अन्ततः ओलीले समानुपातिकमा नराख्ने भन्दै प्रत्यक्षमा लड्न सिफारिस गरे। तर बादलले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरे।

पूर्वमाओवादीबाट एमालेमै रहेका नेता प्रभु शाहले पनि आपूmहरुमाथि अन्याय भएको अभिव्यक्ति त्यसबेला दिएका थिए। त्यसैले आपूmले टिकट पाउँदापाउँदै साहले पार्टीभित्र विद्रोह गरे। रौतहट–३ मा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडे। यो समाचार तयार पार्दासम्म साहले ओमप्रकाश जैसवाललाई उछिनेर करिब ३ हजार मतले अग्रता लिइरहेका छन्।  

पछिल्लो परिणामलाई हेर्दा एमालेमै रहिरहेका पूर्वमाओवादी नेताको अवस्था भने झनै नाजुक देखिन्छ। चुनावअघि पार्टीभित्रै टिकट लिनुपर्ने एकखाले सकस उनीहरुमा देखिन्थ्यो। टिकट पाएपछि पनि उनीहरुलाई सहज भने भएन। अहिलेको निर्वाचनमा जनमतबाट अनुमोदन हुन गाह्रो परिरहेको अवस्था पूर्वमाओवादी एमालेहरुको देखिन्छ। 

corrent noodles
Metro Mart

यसपटक एमालेले प्रतिनिधिसभाका १६५ सिटमध्ये १४२ ठाउँमा उम्मेदवार उठाएको थियो। जसमध्ये तत्कालीन नेकपा विभाजनका बेला प्रचण्डलाई छाडेर केपी ओलीलाई साथ दिएका जम्मा ९ जनालाई एमालेले टिकट दिएको थियो।

अर्घाखाँचीबाट टोपबहादुर रायमाझी, कैलाली–४ मा लेखराज भट्ट, बारा–३ मा ज्वाला कुमारी साह, पर्सा–४ मा जालिम मियाँ, सिन्धुली–२ मा मनोजजंग थापा, रोल्पामा पूर्ण बुढामगर, रुकुम पूर्वमा कैलाश कुमार मल्ल, कैलाली–३ मा गौरीशंकर चौधरी र अछाम–१ मा झपट बोहोरालाई एमालेले टिकट दिएको थियो। जो पूर्वमाओवादी नेता–कमाण्डर थिए।

निर्वाचन परिणाम सार्वजनिक भइरहँदा एमालेबाट टिकट पाएका पूर्वमाओवादी नेताहरु त्यति सुरक्षित देखिँदैनन्। एमालेका अधिकांश पूर्वमाओवादी उम्मेदवारहरु पछाडि देखिन्छन्। 

टोपबहादुर रायमाझी 

एमालेबाट टिकट लिएका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी विजयी भएका छन्। अर्घाखाँचीबाट चुनाव लडेका रायमाझीले ४२ हजार ६७५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले भने ४० हजार ९४५ मत प्राप्त गरेकी छन्। 

कुनै बेला रायमाझी माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज भएका थिए। ०३६ देखि राजनीतिमा लागेका उनी ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत भए। ०५४ सालमा माओवादीको पोलिटब्युरो सदस्य भए भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज बने। तर पछिल्लो समय नेकपा एकता भएर विभाजन हुँदा उनी एमालेमै बसेका थिए।

लेखराज भट्ट
कैलाली–४ मा लेखराज भट्ट भने पराजित भएका छन्। भट्टलाई हराउँदै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन्। कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायरले प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गरेका हुन्। बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन्। 

ज्वाला कुमारी साह
बारा–३ मा एमालेको तर्फबाट चुनाव लडेकी ज्वाला कुमारी साह पूर्वमाओवादी लडाकु हुन्। हालसम्मको परिणामअनुसार सो क्षेत्रमा साहले अग्रता लिइरहेकी छिन्। उनले ९ हजार ३३२ मत ल्याएर अग्रस्थानमा रहँदा निकटतम प्रतिद्धन्दी रामबाबु कुमार यादवले ८ हजार ७१९ मत ल्याएका छन्। अन्तिम मतपरिणाम आइनसकेकोले यहाँ कसले जित्छ भन्ने अवस्था छैन।

कुनै समय जनयुद्धको कमाण्डर रहेकी साह नेकपा एकता भएर विभाजन हुँदा एमालेमै बसेकी थिइन्। 

जालिम मियाँ मंसुरी
पर्सा–४ मा एमालेको तर्फबाट उम्मेदवार रहेका जालिम मियाँ मंसुरी पनि पूर्वमाओवादी लडाकु हुन्। तर अहिले उनी एमालेबाट टिकट लिएर चुनाव लड्न पुगे। जसलाई नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले पराजित गरेका छन्। रिजालले ३१ हजार १४२ मत ल्याउँदा मंसुरीले जम्मा २९ हजार ६१९ मत मात्र प्राप्त गरेका छन्।

मनोजजंग थापा
पूर्वमाओवादी रहेको मनोजजंग थापा यसपटकको चुनावमा सिन्धुली–२ को लागि एमालेतर्फका उम्मेदवार बने। रामबहादुर थापा बादलनिकट मानिने उनले यसपटक एमालेबाट टिकट लिएर चुनाव लडेपनि पराजय बेहोर्नुपर्यो। उनलाई माओवादीकै उम्मेदवार लेखनाथ दाहालले पराजित गरे।

सिन्धुली–२ मा दाहालले २७ हजार ५१७ मत ल्याएर चुनाव जित्दा थापाले भने २१ हजार ६८७ मत प्राप्त गरेका छन्। 

पूर्ण बुढा मगर
पूर्वमाओवादी लडाकु पूर्ण बुढा मगरले पनि यसपटक एमालेबाट चुनाव लडे। नेकपा एकता भएर विभाजन हुँदा माओवादी छोडेर एमालेमै रहेका मगरले रोल्पामा वर्षमान पुनसँग प्रतिस्पर्धा गरे। र, करिब २६ हजार हाराहारी मतान्तरले पराजय बेहोरे।

रोल्पामा पुनले ४१ हजार ७१४ मत ल्याउँदा मगरले जम्मा १६ हजार ४८५ मत ल्याएका छन्। 

कैलाश कुमार मल्ल
पूर्वमाओवादीका कैलाश कुमार मल्ल पनि यसपटक एमालेबाट टिकट लिएर चुनाव लडेका थिए। नेकपा एकता भएर विभाजन हुँदा माओवादी छोडेर उनी एमालेमै रहेका थिए। तर अन्तिम परिणाम आइसक्दा उनी रुकुम पूर्वमा पराजित बनेका छन्। उनलाई माओवादीका पूर्ण बहादुर घर्ति मगरले हराएका हुन्।

मगरले १२ हजार २६२ मत ल्याएर विजयी हुँदा मल्लले जम्मा ५ हजार २११ मत प्राप्त गरेका छन्।

गौरीशंकर चौधरी
कैलाली–३ बाट एमालेको तर्फबाट उम्मेदवार बनेको गौरीशंकर चौधरी पनि पूर्वमाओवादी नेता हुन्। पछिल्लो समय नेकपा एकता भएर विभाजन हुँदा उनी माओवादीतिर नगएर एमालेमै बसेका थिए। तर उनले यो चुनावमा नराम्रो पराजय बेहोरेका छन्। नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले चुनाव जित्दा उनी तेस्रो बन्न पुगेका छन्।

अन्तिम मतपरिणामअनुसार गंगारामले २३ हजार १२० मत ल्याएर विजयी हुँदा माओवादीका कृष्णकुमार चौधरी दोस्रो भएका छन्। एमालेतर्फका गौरीशंकर भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा छन्।

झपटबहादुर बोहोरा
पूर्वमाओवादी नेता झपट बोहोराले पनि आछाम–१ मा एमालेबाट टिकट लिएर चुनाव लडे। निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार शेरबहादुर कुँवर १९ हजार ५३४ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी रहेका झपटबहादुर बोहरा भने कुँवरसँग ४ हजार ४८९ मतान्तरले पराजित भए। पराजित बोहराले १५ हजार ४५ मत ल्याएका छन्। 

बोहोरा पनि नेकपा एकता भएर विभाजन हुँदा माओवादी छोडेर एमालेमै बसेका थिए।

प्रकाशित: Nov 24, 2022| 18:59 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...