शुक्रबार, वैशाख ५, २०८२

जहाँ चर्चामा रहेका नेताहरू नयाँ पुस्तासँग हारे

काठमाडौं र ललितपुरमा कांग्रेस, एमालेका हेभिवेट नेताहरूलाई हराएर नयाँ पुस्ताका उम्मेदवारले प्रतिनिधिसभामा जित हात पारेका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, मंसिर ८, २०७९

vianetvianet

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मत परिणाम आउने क्रम जारी छ। हालसम्म ८४ स्थानको मत परिणाम आइसकेको छ। प्रतिनिधिसभातर्फ हालसम्म नेपाली कांग्रेसले ३१ स्थानमा जितेको छ भने नेकपा एमालेले १९ स्थानमा जित हासिल गरेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रले ९ स्थान र राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा जित दर्ज गराएका छन्। 

triton college

निर्वाचनमा अनुमान गरेभन्दा फरक नतिजाहरू आइरहेका छन्। चर्चामा रहेका नेताहरूलाई नयाँ पुस्ताका उम्मेदवारले पराजित गरेका छन्।  

तोसिमा कार्की-पम्फा भुसाल
तोसिमा कार्की ललितपुर ३ बाट विजयी भएकी छन्। उनले नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई फराकिलो मतान्तरले जितेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेकी कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसालले जम्मा ८ हजार ७६९ मत पाएकी छन्। मन्त्री भुसाल गठबन्धनका तर्फबाट ललितपुरमा उम्मेदवार  थिइन्।

निर्वाचनमा चर्चामा रहेकी उम्मेदवार हुन्, डा. तोसिमा कार्की। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि अदालत पुगेकी कार्कीलाई अदालतले खारेज नगर्न आयोगलाई निर्देशन दिएसँगै चर्चा थप चुलिएको थियो। डा. कार्की शल्य चिकित्सक हुन्।

सोविता गौतम-ओनसरी घर्ती 
काठमाडौं २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी थिइन्, पूर्वसभामुख ओनसरी घर्ती। उनीसँग अन्य २९ जना यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा थिए। तर घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँगे पराजित भइन्।  सोविताले १५ हजार २२९ मत पाउँदा घर्तीले जम्मा ९ हजार ४४८ मत पाएर चौथो स्थानमा रहिन्। गौतम त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुनमा स्नातक हुन्। उनले अधिवक्ता र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन्। 

National life insurance

पार्टीले  समानुपातिकमा उम्मेदवार नदोहो¥याउने बताएपछि घर्तीले प्रतिनिधिसभाको चुनाव लड्न टिकट पाएकी थिइन्। २०७४ को निर्वाचनमा घर्ती समानुपातिकबाट सांसद बनेकी हुन्। घर्ती यसअघि २०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएकी थिइन्। उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन।  

महेश बर्तौला-विरोध खतिवडा 
मकवानपुर २ मा पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा पराजित भएका छन्। खतिवडालाई नेकपा एमालेका महेश बर्तौलाले ४ हजार ५२० मतले पराजित गरेका हुन्। खतिवडाले ३० हजार ३९६ मत ल्याएका छन् भने बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरे। अघिल्लो निर्वाचनमा एमालेबाट जितेर हाल एकीकृत समाजवादीमा रहेका खतिवडा यस पटक सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार थिए।

बर्ताैला एमाले बागमती प्रदेश कमिटी उपसचिवसमेत हुन् भने विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। बर्तौला  पहिलो पटक संसदीय निर्वाचनमा लडेका हुन्। तत्कालीन समय राजतन्त्रविरोधी आन्दोलनको क्रममा विरोध खतिवडासँगै गिरफ्तारीमा परेका बर्ताैला पहिलो पटक संसदीय अभ्यासमा आएका छन्। विभिन्न आन्दोलनमा सँगै रहेका उनीहरू गुरु–चेला हुन्। एमालेमै बस्दा गुरु–चेला रहेका उनीहरू पार्टी विभाजनपछि छुट्टै दल भए पनि एकै ठाउँबाट चुनावी मैदानमा उत्रिएका थिए। 

सो क्षेत्रमा २०४६ पछि भएका सबै निर्वाचनमा एमाले विजयी भएको थियो। २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा खतिवडा नै विजयी भएका थिए। 

रेखा शर्मा-शंकर पोखरेल 
दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी शर्माले १९६ मतान्तरसहित एमाले महासचिव पोखरेललाई पराजित गरिन्। शर्माले २६ हजार ८७७ मत पाइन् भने पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे। 

अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी शर्माको संसदीय यात्रा २०७० बाट सुरु भएको हो। यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पूर्वसभामुख कृष्णबहादुर महरालाई रोकेर माओवादी केन्द्रले रेखालाई टिकट दिएको थियो। उनी २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। २०७२ मा एक वर्षका लागि उनी सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन्। 

डा. सिके राउत-उपेन्द्र यादव
सप्तरी २ बाट पूर्वस्वास्थ्यमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउते पराजित गरे। यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यादवलाई १८ हजारको भारी मतान्तरले पराजित गर्दै विजयी भएका राउतले ३५ हजार ४२ मत ल्याए भने उपेन्द्र  १६ हजार ९६३ मतमा सीमित भए। सप्तरी २ मा सत्ता गठबन्धनको समेत समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७ हजार ३४४ मत ल्याए।

राउत नेतृत्वको जनमत पार्टीले पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएको थियो। राउत मधेसलाई छुट्टै देश बनाउने अभियानबाट पछि हटेर पहिलो पटक शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। 

यसअघि २०७४ को निर्वाचनमा राजपासँग गठबन्धन गरेर जसपा अध्यक्ष यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यो क्षेत्रबाट २०७४ मा निर्वाचन जितेका कारण उनलाई यो निर्वाचन सहज ठानिएको थियो। तर २०६४ यता सप्तरी–२ बाट कुनै पनि उम्मेदवारले दोहोर्याएर निर्वाचन नजितेका कारण यादवका लागि चुनौती देखिएको आकलन गरिएको थियो।  

सप्तरीको यो निर्वाचन क्षेत्रमा लोसपाबाट यस पटक उम्मेदवार बनेका जयप्रकाश ठाकुरको प्रभाव भए पनि यस पटक उनले आफ्नो जित निकाल्न सकेनन्। २०७४ को निर्वाचनमा राजपाले टिकट नदिँदा स्वतन्त्रबाट उठेर उनले ९ हजार मत कटाएका थिए। व्यक्तिगत रूपमा  राम्रो मत भएको क्षेत्र रहेको र यस पटक सत्ता गठबन्धनले साथ दिए पनि उनले विगतभन्दा निकै कम मत पाए। 

ईश्वर पोखरेल-प्रदीप पौडेल 
काठमाडौं ५ बाट कांगे्रस उम्मेदवार प्रदीप पौडेल विजयी भए। एमालेका हेभिवेट नेता ईश्वर पोखरेललाई धेरै मतान्तरले पछि पार्दै पौडेल विजयी भए। उनले एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेललाई ५ हजार बढी मतान्तरले पराजित गरेका हुन्। पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाए। यस निर्वाचन क्षेत्रमा यसअघि २०७४ मा पोखरेल निर्वाचित भएका थिए। अहिले उक्त क्षेत्र कांग्रेसले खोसेको हो। पोखरेलले विकासमा चासो नदेखाएको भन्दै स्थानीय उनीसँग रुष्ट थिए।

योगेश गौचन-प्रेम तुलाचन
मुस्ताङमा कांग्रेसका २९ वर्षीय युवा नेता योगेश गौचन विजयी भएका छन्। गौचनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाए भने तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। स्थानीय तह निर्वाचनमा एमालेले मुस्ताङका ५ मध्ये ४ स्थानीय तह जितेको थियो। कांग्रेसले एउटा पालिका अध्यक्ष र दुई पालिका उपाध्यक्षमा चित्त बुझाउनुपरेको थियो। तर प्रतिनिधिसभामा भने कांग्रेसले जित निकाल्यो। गौचन मुस्ताङ कांग्रेस सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। गौचनले सानै उमेरदेखि जिल्लामा नेविसंघको राजनीति सुरु गरेका थिए। कांग्रेस महासमिति सदस्यसमेत रहेका गौचन गण्डकी प्रदेश कार्यसमिति सदस्य छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भएका थिए। सो समय उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थिए, जुन हालका उम्मेदवार योगेशका बुबा हुन्। 

२०७० को संविधानसभा निर्वाचनमा पनि रोमी र प्रेमबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला   रोमीले चुनाव जितेका थिए। रोमी गौचन २०७० मा मुस्ताङबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्यमन्त्री भएका थिए। योगेशले भारतबाट बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश र प्रेम नाताले काका–भतिजा हुन्।

शिशिर खनाल-भीमसेनदास प्रधान
यस पटक काठमाडौं ६ पनि सर्वाधिक चर्चाको निर्वाचन क्षेत्र बन्यो। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भीमसेनदास प्रधान र एमालेका  सर्वेन्द्र खनाल चुनावी मैदानमा थिए। सो क्षेत्रबाट १३ राजनीतिक दलका उम्मेदवारले चुनाव लडेका थिए भने ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार थिए। भीमसेनदास र खनालमध्ये कसले बाजी मार्ला भन्ने आकलन भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी भए। 

खनाल २० हजार २०४ मत ल्याई विजयी भए भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ र भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याए। २०७४ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका भीमसेनदास विजयी भएका थिए। भीमसेनदास सो क्षेत्रमा दुई पटक निर्वाचित सांसद हुन्। खनालले भने पहिलो पटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। पूर्वरक्षामन्त्री प्रधानविरुद्व एमालेले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाललाई उभ्याएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको थियो। 

कांग्रेस काठमाडौंको सदस्यदेखि सचिव, उपसभापति हुँदै जिल्ला सभापतिसमेत भएर काम गरिसकेका नेता प्रधान चौथो पटक चुनावी मैदानमा थिए भने  प्रहरीको जागिरबाट अवकाश प्राप्त खनाल ६ असोजमा मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए। प्रधान २०६४ देखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका थिए।

२०६४ को संविधानसभा निर्वाचनमा माओवादी नेता हितमान शाक्यसँग पराजित प्रधानले २०७० मा भने एमाले नेता योगेश भट्टराईलाई पराजित गरे। त्यस्तै, २०७४ वाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरेका थिए। 

यस क्षेत्रबाट प्रतिनिधिसभामा विजयी खनालले १० वर्षदेखि सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि काम गर्दै आएका छन्। उनी सामाजिक सेवामा पनि आबद्ध छन्।

प्रकाशित: Nov 24, 2022| 21:48 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...