शुक्रबार, जेठ २९, २०८३

मौद्रिक नीति समीक्षाको पर्खाइमा सेयर बजार

चुनावपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बिहीबारदेखि भने तातेका छन्। चुनावपछि दुई दिन लगातार घटेको सेयर बजार आज भने ११.५६ अंकले बढेर १९३३.५५ अंकमा उक्लिएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– चुनावपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बिहीबारदेखि भने तातेका छन्। चुनावपछि दुई दिन लगातार घटेको सेयर बजार आज भने ११.५६ अंकले बढेर १९३३.५५ अंकमा उक्लिएको छ।

National life

चुनाव सकिएलगत्तै सेयर बजारमा उत्साह आउने आकलन गरिए पनि लगानीकर्ताले पर्ख र हेरको नीति अख्तियार गर्दा मंगलबार र बुधबार गरी १४.८५ अंकले ओरालो लागेको थियो। 

चितवन–१ बाट सेयर बजार अभियन्ता हरि ढकालले चुनाव जित्दा सेयर बजार उकालो लागेको अनुमान लगानीकर्ताहरुले गरेका छन्। सेयर बजार अब उकालो लाग्ने बजार विश्लेषक छोटेलाल रौनियारको दाबी छ। उनका अनुसार अबका दिनमा लगानीकर्ताले १५ महिनाको व्याज खाने दिन हो। विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहँदा यसअघि लगानी गरेको प्रतिफल खाने दिन भएकोले आगामी दिनमा बजार उकालो लाग्ने रौनियारको तर्क छ।

उनले नेपाल समयसँग भने, ‘केही दिन अगाडि मात्र गभर्नर महाप्रसाद अधिकारीले व्याजदर कम गर्ने संकेत गर्नुभएको छ। बैंकहरुले पनि व्याजदर अब बढाउँदैनन्। सेयर बजारमा पनि व्यापक सुधार हुँदैछ। त्यसैले अब बजार माथि जान्छ।’

नेपाल राष्ट्र बैंक पनि मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको छ। नीतिको समीक्षामार्फत बजारमा देखिएका समस्याको समाधान गर्न नीतिगत निर्णय लिने लगानीकर्ताको विश्वास छ। सेयर बजारमा ७० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको छ, जसका कारण लगानीकर्ता मौद्रिक नीति कस्तो आउँछ भनेर पर्ख र हेरको अवस्थामा बस्न बाध्य हुने गरेको पनि रौनियारले बताए। 

Shivam cement

उनका अनुसार सेयर बजारमा गैरनेपालीहरुको पनि लगानी आउने, १० प्रतिशत साधारण सेयरमा पनि गैरनेपालीहरुको लगानी रहने, रियल सेक्टर पनि बजारमा आउने हुँदा आगामी दिनमा सेयर बजार ‘बुम’ हुन सक्छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दा हाल देखिएको चालू पुँजी कर्जा निर्देशिकाको समस्या पनि समाधान हुने, तरलता पनि विस्तारै बढ्दै गएको हुँदा व्याजदरमा पनि कमी आउने आकलन लगानीकर्ताहरुको छ। 

१५ महिना लगाएर घटेको सेयर बजारले एउटा चक्र पार गरिसकेकोले अब बजार बढ्नेमा ढुक्क रहेको पनि रौनियारले बताए। उनका अनुसार सेयर बजार राताम्मे हुँदा गरेको लगानीले नै हरियो हुँदा रमाउन सकिन्छ। बिहीबार बजारमा १२४ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

यसदिन घलेम्दी हाइड्रो लिमिटेड, आरएमडिसि लघुवित्त वित्तीय संस्था, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायतले कमाएका छन् भने किसान लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था लगायतले गुमाएका छन्। 

मंगलबार र बुधबारको तुलनामा बिहीबार कारोबारमा भने गिरावट आएको छ। यसदिन दिनभर ९२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार १ अर्ब ३५ करोड र बुधबार १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

प्रकाशित: Nov 24, 2022| 16:29 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्