बुधबार, वैशाख १२, २०८१

जसले १० हजारभन्दा धेरै मतान्तरले जिते

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार १३ जनाले १० हजार भन्दा धेरै मतान्तरले जित हात पारेका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म ७३ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने अन्त गणना कार्य जारी रहेको छ। प्रारम्भिक मतपरिणामअनुसार देशभरबाट नेपाली कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमाले दोस्रोमा छ। 

triton college

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेस २८ ठाउँमा विजयी भइसकेको छ भने २६ ठाउँमा अग्रता लिएको छ। एमालेले १७ ठाउँमा जित हात पारेको छ भने २९ ठाउँमा अग्रता कायम गरेको छ। त्यस्तै माओवादीले ८ ठाउँमा जित निकालेको छ भने ९ ठाउँमा अग्रता लिएको छ। 

नेकपा एकीकृत समाजवादीले ७ स्थानमा जित हात पारिसकेको छ र ३ स्थानमा अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ६ स्थानमा जित हात पारेर ३ स्थानमा अग्रता लिइरहेको छ। राप्रपाले २ स्थानमा जित्दा ४ स्थानमा अग्रता लिएको छ। जनता समाजवादी पार्टीले १ स्थानमा जित निकाल्दा ५ स्थानमा अग्रता लिएको छ। लोसपाले २ स्थानमा विजयी हुँदा १ स्थानमा अग्रता लिएको छ। नागरिक उन्मुक्ति पार्टीले पनि १ स्थानमा जितेर १ स्थानमा अग्रता लिइरहेको छ। त्यस्तै अन्य उम्मेदवारहरुले २ स्थानमा जित्दा ५ स्थानमा अग्रता लिइरहेका छन्।

यसरी अन्तिम मतपरिणाम आउने क्रम जारी रहँदा हामीले अहिलेसम्म १० हजारभन्दा धेरै मतान्तरले विजयी भएका उम्मेदवारहरु केलाएका छौँ। हालसम्म सार्वजनिक भएको नतिजाअनुसार १३ जनाले १० हजार भन्दा धेरै मतान्तरले जित हात पारेका छन्।

रवि लामिछाने
चितवन¬२ मा रवि लामिछानेले ४९,२६१ मत ल्याएर चुनाव जिते। उनका निकटतम प्रतिद्धन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र ल्याएका छन्। यी दुई उम्मेदवारको मतान्तर ३४ हजार १३२ रहेको छ।

corrent noodles
Metro Mart

प्रेम सुवाल
भक्तपुर–१ बाट नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल विजयी भएका छन्। उनी ४२ हजार ७६१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका छन्। यी दुई उम्मेदवारको मतान्तर ३० हजार ७९३ रहेको छ।

केपी शर्मा ओली
झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका छन्। ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका छन्।

वर्षमान पुन
रोल्पाबाट नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन २५ हजार २२९ मतान्तरले विजयी भएका छन्। उनले ४१ हजार ७१४ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्वी एमालेका उम्मेदवार पूर्ण बुढा मगरले १६ हजार ४८५ मत प्राप्त गरेका छन्।

तोसिमा कार्की 

ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ३१,१३६ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्धन्द्वी एमालेका अमृत खड्काले जम्मा १२ हजार ९६३ मत ल्याएर पराजय बेहोरेका छन्। यी दुई उम्मेदवारको मतान्तर १८ हजार १७३ रहेको छ।

चन्द्रकान्त (सिके) राउत 
सप्तरी–२ मा जनमत पार्टीका चन्द्रकान्त (सिके) राउत १८ हजार ६३ मतान्तरसहित विजयी भएका छन्। राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा निटतम प्रतिद्धन्द्वी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जम्मा १६ हजार ९७९ मत ल्याएका छन्।

राजेन्द्र बजगाईं
गोरखा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्वी एमाले उम्मेदवार रामशरण बस्नेतले जम्मा १६ हजार ७८५ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारको मतान्तर १६ हजार ६४३ रहेको छ।

प्रकाश ज्वाला
सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला ३५ हजार ७०० मत ल्याई विजयी भएका छन्। उनका निटतम प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन्। यी दुई उम्मेदवारको मतान्तर १५ हजार ९११ रहेको छ।

विश्वप्रकाश शर्मा 

झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा १४ हजार २७५ मतान्तरले विजयी भएका छन्। शर्माले ३९ हजार ६२४ मत ल्याउँदा उनका निटतम प्रतिद्धन्द्वी एमाले उम्मेदवार अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत ल्याएका छन्। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’
गोरखा–२ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल १३ हजार ४६६ मतान्तरले विजयी भएका छन्। उनले गोर्खा–२ बाट २६ हजार १०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन्।

शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट १२ हजार ४९२ मतान्तरसहित जित निकालेका छन्। देउवाले २५ हजार ५३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्।  

रमेश लेखक
कञ्चनपुर–३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक १२ हजार ७५ मतान्तरले विजयी भएका छन्। उनले ३० हजार ५२३ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्वी एमाले उम्मेदवार निरुदेवी पालले १८ हजार ४४८ मत ल्याएकी छिन्।

ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही १० हजार ८६० मतान्तरले विजयी भएका छन्। शाहीले २२ हजार ८१९ मत ल्याउँदा उनका निटतम प्रतिद्धन्द्वी माओवादीकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत ल्याएकी छिन्।

प्रकाशित: Nov 24, 2022| 14:50 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...