शनिबार, वैशाख २२, २०८१

जो झिनो मतान्तरले सांसद बने

मतपरिणाम सार्वजनिक भएकामध्ये १० क्षेत्रमा प्रतिस्पर्धा यति खँदिलो बन्यो कि बहुत मुश्किलले त्यहाँ उम्मेदवारले जित निकाले।
 |  बिहीबार, मंसिर ८, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाममा १६५ मध्ये ७२ ठाउँको नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले २८, नेकपा एमालेले १६, नेकपा माओवादी केन्द्रले ८, नेकपा समाजवादी केन्द्रले ७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ६ ठाउँमा जितेको छ। अन्य दल र स्वतन्त्रले ८ ठाउँमा जित निकालेका छन्।

triton college

बाँकी मतगणना जारी रहेका ९२ क्षेत्रमा कांग्रेस २६, एमाले ३० र माओवादी ९ ठाउँमा अगाडि छन्। यसैगरी जसपाले ५ र राप्रपाले ४ ठाउँमा अग्रता लिँदा नेकपा एस र स्वतन्त्र पार्टीले ३–३ ठाउँमा अग्रता लिएका छन्। अन्यको अग्रता ७ ठाउँमा छ।

मतपरिणाम सार्वजनिक भएकामध्ये १० क्षेत्रमा प्रतिस्पर्धा यति खँदिलो बन्यो कि बहुत मुश्किलले त्यहाँ उम्मेदवारले जित निकाले। जसमध्ये ४ जनाले २ सयभन्दा कम मतान्तरले जितेका छन् भने बाँकी २ जनाको मतान्तर ४ सयभन्दा कम छ। यी हुन् १० हजारभन्दा कम मतान्तरले जित निकालेका उम्मेदवार र उनीहरुलाई कडा चुनौती दिएका प्रतिस्पर्धी।


काठमाडौं १
प्रकाशमान सिंह (कांग्रेस) : ७ हजार १४३

corrent noodles
Metro Mart

रविन्द्र मिश्र (राप्रपा) : ७ हजार ११

मतान्तर : १३२

बर्दिया २
लालवीर चौधरी (स्वतन्त्र/नागरिक उन्मुक्ति पार्टीको समर्थन) : २६ हजार ५२०

सुरेश पन्थ (माओवादी) : २६ हजार ३८४

मतान्तर : १३६

पर्सा ३
राजकुमार गुप्ता (एमाले) : २४ हजार २६०

सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस) : २४ हजार १०९

मतान्तर : १४१

दैलेख २
दीक्पालकुमार शाह (कांग्रेस) : २० हजार १५८

लक्ष्मीप्रसाद पोखरेल (एमाले) : २० हजार ५

मतान्तर : १५३ मत

ताप्लेजुङ
योगेश भट्टराई (एमाले) : २१ हजार ९४६

खेलबहादुर बुढाक्षेत्री (माओवादी) : २१ हजार ७३८

मतान्तर : २०८

मनाङ
टेकबहादुर गुरुङ (कांग्रेस) : २ हजार ५७५

पोल्देन छेपाङ (एमाले) : २ हजार २४७

मतान्तर : ३२८

दोलखा १
अम्मरबहादुर थापा (नेकपा एस) १८ हजार २५६

रविन्द्रराज शर्मा (एमाले) १७ हजार ४०७

मतान्तर : ८५१

मुस्ताङ १
योगेन्द्र गौचन थकाली (कांग्रेस) : ३ हजार ९९२

प्रेमप्रसाद तुलाचन (एमाले) : ३ हजार ७८

मतान्तर : ९१४

भक्तपुर २
दुर्लभ थापा (कांग्रेस) २४ हजार २३८

महेश बस्नेत (एमाले)  २३ हजार २७९

मतान्तर : ९५९

काठमाडौं ९
कृष्णगोपाल श्रेष्ठ (एमाले) : ११ हजार ९५६

टेकबहादुर बस्नेत (स्वतन्त्र) : १० हजार ९६१

मतान्तर : ९९५

प्रकाशित: Nov 24, 2022| 14:03 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...