शुक्रबार, जेठ २९, २०८३

सम्मानित भए १४ उत्कृष्ट करदाता

सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल र सबैभन्दा धेरै भ्याट बुझाउनेमा गोर्खा ब्रुअरी सम्मानित भएका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– आन्तरिक राजस्व विभागले कर दिवस अवसरमा १४ उत्कृष्ट व्यावसायिक संघ–संस्था करदातालाई सम्मान गरेको छ। नेपाल दूरसञ्चार कम्पनी धेरै आयकर तिर्नेमा सम्मानित भएको छ। निर्यातमा शिवशक्ति र विशेष विधाअन्तर्गत राजेश मेटल क्राफ्ट सम्मानित भएका छन्। 

National life

कृषि क्षेत्रमा ओसिबी फिड्स एन्ड फुड, सहकारी विधामा छिमेक लघुवित्त, बैंक तथा वित्तीय सस्थामा नबिल बैंक, बिमा कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी उत्कृष्ट भएका छन्। 

स्वास्थ्य क्षेत्रमा नोबेल टिचिङ हस्पिटल र पर्यटनतर्फ मनकामना केबुलकार प्रालि सम्मानित भएका छन्। वस्तु व्यापार हंशराज हुलास प्रालि, ऊर्जामा चिलिमे जलविद्युत् कम्पनी सम्मानित भएका छन्। 

मध्यम स्तरीय करदातामा नेपाल धितोपत्र विनिमय बजार, व्यक्तिगत आयकर तिर्नेमा विजयकुमार शाह, रेमिट्यान्स कम्पनीमा आईएमई रहेका छन्। सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल र सबैभन्दा धेरै भ्याट बुझाउनेमा गोर्खा ब्रुअरी सम्मानित भएका छन्।

प्रकाशित: Nov 23, 2022| 11:06 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्