शनिबार, वैशाख १५, २०८१

आठ मतले संविधानसभा सदस्य हुन नपाएका मण्डल १० वर्षपछि प्रदेशसभामा निर्वाचित

संविधानसभा सदस्य हुन नपाए पनि प्रदेशसभा सदस्य भएकोमा उनी खुशी छन्। संविधान बनाउने काममा सहभागि हुन नपाए पनि प्रदेशसभामा भारी मतान्तरले विजयी भएको उनले बताए।
 |  बुधबार, मंसिर ७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, मंसिर ७, २०७९

विराटनगर- नेपाली कांग्रेसका गयानन्द मण्डललाई माननीय बन्न १० वर्ष लाग्यो। धनपालथान ७ का मण्डल २०७० को संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग आठ मतान्तरले पराजित भएका थिए। २०६४ मा पनि उनी संविधानसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। पहिलो संविधानसभा सदस्यमा भन्दा दोश्रोमा उनलाई बढी आस थियो।

triton college

२०७० मा माओवादीका शिवकुमारले ९ हजार ३६० मत ल्याउँदा गयानन्दले ९ हजार ३५२ मत ल्याएका थिए। २०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार रामानन्द मण्डलसँग १ हजार २ सय मतान्तरले उनी पराजित भएका थिए। उनले भने, ‘२०६४ मा मेरो पराजित स्वभाविक भए पनि २०७० मा हराइयो। आठ मतान्तरले हैन म करिव एक सय मतले जितेर संविधान सदस्य हुने थिए। तर, त्यो समयमा धोका पाइयो।'

आठ मतले पराजित भएपछि पुन: मतगणनाको माग गर्दै उजुरी गरे पनि मुद्दाको सुनुवाइ नभएको बताए। मण्डलले भने, ‘बारेस दिएको मान्छले तारेख नधाउँदा मुद्दा ढिसमिस भयो।’ काठमाण्डौंको विमल संग्रौलाले धोका दिएको उनले बताए। 

१० वर्षपछि दुवै जना एउटै गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बनेका थिए। २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका सन्तोषकुमार साहलाई ५ हजार ४३३ मतान्तरले उनले पराजित गरे। मण्डलले १४ हजार ८३८ मत प्राप्त गर्दा साहले ९ हजार ४०५ ल्याएका थिए। मण्डल प्रदेश १ बाट निर्वाचित हुने पहिलो प्रदेशसभा सदस्य भएका छन्।

संविधानसभा सदस्य हुन नपाए पनि प्रदेशसभा सदस्य भएकोमा उनी खुशी छन्। संविधान बनाउने काममा सहभागि हुन नपाए पनि प्रदेशसभामा भारी मतान्तरले विजयी भएको उनले बताए। मण्डलले भने, ‘यस पटक टिकट पाउँदा नै मैले जित्छु भन्ने लागेको थियो।’ मेरो टिकट फाइनल भएका सुनेका स्थानीयवासी  म भन्दा बढी खुशी भएको पाएको उनले बताए। उनले भने, ‘मभन्दा जनता बढी खुशी देखेपछि म जित्छु भन्ने लाग्यो।’

corrent noodles
Metro Mart

को हुन गयानन्द?

२००१ सालमा मोरङको साविक कद्महामा जन्मिएका मण्डलका बुवा पञ्चायतकालमा कदमहा ८ को वडाध्यक्ष दिए। उनका बुवाले २०१९ देखि २१ सालसम्म वडाध्यक्ष भए। बुवाको प्रेरणाबाट राजनीतिमा लागेका मण्डल २०२३ सालमा कद्महाको प्रधानपञ्चमा निर्वाचित भएका थिए।

२०२२ सालमा एसएलसी गरेका उनले उच्च शिक्षालाई अगाडी बढाएनन्। एसएलसी लगत्तै प्रधानपञ्च भएपछि जनताको सेवामा लागेको उनको भनाई छ। २०३५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएर सक्रिय राजनीति गर्दै आएका छन्। उनी किसान संघको जिल्ला सदस्य हुँदै अध्यक्षसम्म भए। 

२०३६ सालमा जिल्ला विकास समितिको जिल्ला सभा सदस्य भएका उनी २०४७ देखि निरन्तर पार्टीको  महाधिवेशन प्रतिनिधि हुँदै आएका छन्। मण्डल भन्छन्, ‘नेपाली कांग्रेसको राजनीतिमा कहिल्यै पनि पराजित भएको छैन।’

५ वर्षमा प्रतिबद्धता पुरा गर्छु

मोरङको ग्रामिण क्षेत्रबाट प्रदेशसभामा निर्वाचित मण्डलले ५ वर्षमा आफ्ना चुनावी प्रतिबद्धताहरू पुरा गर्ने बताए । उनले भने, ‘जनताका समस्या सिंचाई, मल विउको छ। यो म पुरा गर्छु।’ चुनावअघि मैले किसानलाई सिंचाई, मल, विउको समस्या हुन दिन्न भनेको छु उनले भने। धनपालथान, रंगेलीका किसानका समस्या समाधानमा यसअघिका जनप्रतिनिधिले खासै काम नगरेको उनको भनाई छ।

किसानको प्रतिनिधि भएकाले किसानलाई प्राथमिकतामा राखेर काम गर्ने मण्डलले बताए।  किसानको समस्यालाई समाधान गर्ने आफ्नो प्रतिबद्धता भएको उनले सुनाए। उनले भने, ‘सरकार कस्तो बन्छ गठबन्धनको सरकार बनेमा नागरिकता समस्या समाधानमा पनि आफ्नो भूमिका रहने छ।’

प्रकाशित: Nov 23, 2022| 08:41 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...