बिहीबार, साउन १४, २०८३

काठमाडौंमा आज दिनभर आंशिक बदली हुने

 |  बुधबार, मंसिर १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०८२

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ। आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ।

प्रकाशित: Dec 03, 2025| 09:32 बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्