शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेन्सेटिभ परिसूचक बढ्दा कारोबारमा २७ प्रतिशत गिरावट

सेन्सेटिभ परिसूचक बढ्दा कारोबारमा २७ प्रतिशत गिरावट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५.८६ अंकले बढेर अन्तिम दिन एक हजार २४४.८४ अंकमा पुगेको छ । पहिलो दिन आइतबार नेप्से परिसूचक एक हजार २१८.९८ रहेकोमा अन्तिम दिन बढेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि बढेको छ । पहिलो दिनको तुलनामा ६.११ अंकले बढेर २६४.२७ अंकमा आईपुगेको हो ।

यद्यपि यस साता नेप्से कारोबार २७.१७ प्रतिशत घटेको छ । नेप्से बजारमा आएका केही समूहको कारोबार घट्दा समग्र नेप्सेको बजारको कारोबार घट्न गएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा १८६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३ हजार ६११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएको छ ।

स्टक एक्स्चेन्ज कम्पनीकाअनुसार कारोबार रकम गत साताको भन्दा २७.१७ प्रतिशत कम हो । गत साता १९३ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार ३२ हजार २८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो ।

सबैभन्दा बढी निर्जीवन वीमा समूहको परिसूचक घट्दा उत्पादनको बढ्यो

यस साता सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ५१.७६ अंक घट्दा उत्पादनमुलक समूहको परिसूचक सबैभन्दा बढी ४८.७६ बढेको छ ।

त्यस्तै वाणिज्य बेंक समूहको परिसूचक २७.७८, विकास बैंक समूहको परिसूचक ३१.४७, लघुवित्त समूहको परिसूचक ४०.३, होटल समूहको परिसूचक ३४.३१, जल विद्युत समूहको १.४४, व्यापारको ०.८४ र अन्य समूहको परिसूचक २९.५३ अंकले बढेको छ ।

यद्यपि जीवन बीमा समूहको परिसूचक ८.७५ र वित्त समूहको परिसूचक ३.६१ अंकक घटेको छ । 

सर्बाधिक कारोबार हुने एनआइसी एशिया

यस साता कारोबार रकम (१७ करोड ४५ लाख ६० हजार रुपैयाँ) को आधारमा एनआइसी एसिया बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ३९ हजार कित्ता) र कारोबार संख्या (१११४ वटा) को आधारमा समेत एनआइसी एसिया बैंक लिमिटेड नै अग्रस्थानमा छ ।

यस्ता छन् सर्वाधिक कारोबार हुने कम्पनी

यस सातामा सर्वाधिक कारोबार भएका पाँच कम्पनीलाई उल्लेख गर्न पर्दा सर्वप्रथम एनआइसी एसिया बैंक परेको छ । त्यसपछि एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक र प्रभु बैंक लिमिटेड रहेको छ । ती बैंकहरुले कम्तीमा ८ करोड १५ लाखदेखि १७ करोड ४५ लाख रुपैयाँसम्म कारोबार गरेका छन् ।

चार कम्पनीको शेयर सूचीकृत

यस साता चार कम्पनीको शेयर नेप्से बजारमा सूचिकृत भएको छ । जसमा कालिका लघुवित्त वित्तीय संस्थाको एक लाख ७५ कित्ता वोनस शेयर सूचिकृत भएको छ ।

त्यस्तै राधी विद्युत कम्पनीको चार लाख १० हजार ४० कित्ता वोनास शेयर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख ३३ हजार दुई सय ८० कित्ता हकप्रद र कामना सेवा विकास बैंकको १३ लाख चार हजार ७०१. ९३ कित्ता वोनस शेयर नेप्से बजारमा सूचिकृत भएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्