शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार महिनामा निक्षेपको तुलनामा ११३.४३ प्रतिशतले बढ्यो कर्जा

चार महिनामा निक्षेपको तुलनामा ११३.४३ प्रतिशतले बढ्यो कर्जा

असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७४ अर्ब ८४ करोड बराबरको कर्जा प्रवाह गरेकामा कात्तिक मसान्तसम्म सो कर्जा बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड पुगेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– कर्जा प्रवाहमा कडाइ गरिए पनि चालू आर्थिक वर्षको चार महिनामा निक्षेपको तुलनामा ११३.४३ प्रतिशतले कर्जा प्रवाहमा वृद्धि भएको छ। 

National life

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांकअनुसार कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४६ अर्ब ७४ करोड कर्जा प्रवाह गरेका छन्। जबकि सोही अवधिमा जम्मा २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

तरलता अभावका कारण कर्जा प्रवाह गर्न नसकेको दुखेसो पोखिरहेका बैंकहरूको यो तथ्यांंकले भने चकित बनाएको छ। संघका अनुसार असार मसान्तसम्म वाणिज्य बैंकसँग ४५ खर्ब ४१ अर्ब ४४ करोड निक्षेप रहेकामा कात्तिक मसान्तसम्म आइपुग्दा बढेर  ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। 

त्यस्तै, असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७४ अर्ब ८४ करोड बराबरको कर्जा प्रवाह गरेकामा कात्तिक मसान्तसम्म सो कर्जा बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड पुगेको छ। 

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब ८ अर्ब ७ करोडले घटेको थियो भने भदौमा ५२ अर्ब १४ करोड रुपैयाँले बढेको थियो। त्यस्तै, असोजमा ६१ अर्ब ६४ करोड रुपैयाँले बढेको निक्षेप कात्तिकमा १६ अर्ब १९ करोडले वृद्धि भएको बैंकर्स संघले जनाएको छ।  

Shivam cement

कर्जा प्रवाहतर्फ चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब ६८ करोडले बढेको कर्जा प्रवाह भदौमा १३ अर्ब ७६ करोड, असोजमा ३० अर्ब ४ करोड र कात्तिकमा १ अर्ब २६ करोड रुपैयाँले बढेको तथ्यांकले देखाएको छ।

प्रकाशित: Nov 22, 2022| 16:25 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्