मंगलबार, असार ९, २०८३

चितवन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको अग्रता

चितवन क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ६ हजार ३६७ मतसहित अग्रता बढाइरहेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– चितवन क्षेत्र–२ को जारी मतगणनाको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन्। ढकालले ६ हजार ३६७ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत र कांग्रेसका विश्वनाथ पौडेल ५ हजार २९५ मत ल्याउँदै तेस्रो नम्बरमा छन्।

National life

ढकाल पाण्डेभन्दा झन्डै १००० मतले अगाडि छन्। ढकालले मत परिणाम स्वाभाविक भएकाले यसलाई अप्रत्यासित भन्न नमिल्ने जिकिर गरे। उनले भने, ‘यो युवा जागरण आन्दोलनको आवाज मतपेटिकामा देखिएको हो। यसका लागि हामीले पहिलादेखि नै तयारी गरेका थियौं। अप्रत्यासित होइन।’ 

स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले अग्रत लिएपछि ३ असारमै अबको संसदीय चुनाव हेर्न लायक हुने बताएको उनले स्मरण गरे। उनले भने, ‘युवाहरु जागेको देख्न पाउनुहुनेछ भनेको थिएँ। अहिले त्यही भएको हो।’

उनले चुनाव आफ्ना लागि अवसर भएकाले   समाज सेवामा लागिरहने र निर्वाचित भए  त्यसलाई निरन्तरता दिने उनको भनाइ छ। उनले भने, ‘विगतमा हामीले अन्य दललाई प्रेमिल र हार्दिकताको चुनाव लडौं भनेको हो तर उनीहरुले मानेनन्। त्यसको समीक्षा चुनावपछि हुँदै गर्ला। हामीले आशाको दियो बाल्न लागेका छौं। यसलाई निभ्न दिँदैनौं।’

मतगणनामा कांग्रेस, एमाले पछि परिरहँदा र घन्टीले अग्रता लिइरहँदा पूर्वी चितवन पछाडि पर्छ कि भन्ने प्रश्न सही नभएको उनको दाबी छ। उनले भने, ‘त्यस्तो आकलन रहेछ। तर त्यो काठमाडौंको स्थानीय तह चुनावलाई हेर्दा हुन्छ। काठमाडौंमा काम भएको छैन?’

Shivam cement

प्रकाशित: Nov 22, 2022| 14:20 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...