शनिबार, भदौ २०, २०८३

टेलिभिजन र इन्टरनेटको पहुँच नभएकाले इच्छाकामनामा कम भोट आयो, अब लिड गर्छुं : रवि

 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले चितवन २ मा अब आफूले लिड गर्ने दाबी गरेका छन्। मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू पहिलो पोजिसनमा उक्लिने दाबी गरे।

इच्छाकामनाबाट आफूहरूले अपेक्षा गरेभन्दा राम्रो मत आएको दाबी रविको छ। "इच्छाकामनामा घुम्न र पुग्न पाएका थिएनौँ। हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो हो," उनले भने, "त्यहाँ चिन्ने सवालमा टेलिभिजन र इन्टरनेटको पहुँच नभएकाले चिन्नुभएको थिएन। मलाई चिनने सवालमा उहाँहरुले चिन्नुभएको थिएन। अब हामी लिड गर्छौँ। कालिकाको १ नम्बर वडाबाटै हामी पहिलो पोजिसनमा आउँछौँ।" 

दुर्गम र विकट गाउँ भएका कारण इच्छाकामनाका मतदातालाई आफूले भेट्नै नपाएको तर पनि अपेक्षा गरेकोभन्दा राम्रो मत आएको उनले बताए।

अहिलेसम्म यहाँ १० हजार ४६८ मत गणना भएको छ। इच्छाकामना गाउँपालिकाका ७ वडाको गणना सम्पन्न भएको हो। अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२६ मतसहित अग्रता बनाएका छन्। दोस्रोमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ मत पाएका छन्। तेस्रोमा रहेका रविसँग २ हजार ९७८ मत छ।

प्रकाशित: Nov 22, 2022| 13:55 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...