शनिबार, भदौ २०, २०८३

‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ र मिङ्‍मालाई

नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ।

शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते। विजय भएसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि उनीहरुले जितेका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोलाई भूषण दाहालले निर्देशन गरेका थिए। जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई थिए। तर, भुवनले बीचमै शो छाडेका थिए। फिनालेमा पनि उनी देखिएनन्। यो रियालिटी शोमा बालबालिकाले नृत्य प्रतिभा प्रस्तुत गरेका थिए।


प्रकाशित: Nov 22, 2022| 13:03 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।