मंगलबार, असार ९, २०८३

कैलालीका ३ र बर्दियाको १ क्षेत्रमा रेशमको पार्टी अगाडि

 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनामा कैलालीका ५ मध्ये ३ क्षेत्रमा रेशम चौधरीपत्नी रञ्जीता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक नागरिक उन्मुक्ति पार्टीले अग्रता बनाएको छ।

National life

रञ्जीताले क्षेत्र नम्बर १, अरुण चौधरीले क्षेत्र नम्बर २ र गंगाराम चौधरीले क्षेत्र नम्बर ३ मा अग्रता बनाएको छ। 

कैलाली १ मा रञ्जिताले २ हजार ३१९ मतान्तरका साथ अग्रता लिएकी छिन्। १३ हजार ३७१ मत गणना हुँदा रञ्जीताले ६ हजार ५७९ मत पाएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रे‍सका रामजनम चौधरीले ४ हजार २६० मतसहित उनलाई पछ्याइरहेका छन्। तेस्रोमा नेकपा एमालेका तपेन्द्र रावलले १ हजार ३६० मत पाएका छन्।

कैलाली क्षेत्र नम्बर २ मा ५ हजार २६५ मत गणना हुँदा अरुणले १ हजार ७७५ मत पाएका छन्। उनलाई पछ्याइरहेका गठबन्धन उम्मेदवार नेकपा माओवादीका भगत बडुवालसँग १ हजार ६२१ मत रहेकोमा तेस्रोमा नेकपा एमालेका झपटबहादुर बडुवालले १ हजार ३७१ मत पाएका छन्।

कैलाली ३ मा ४८ हजार ४६ मत गणना हुँदा उन्मुक्तिका गंगारामले १६ हजार ६९३ मत पाएका छन्। दोस्रोमा नेकपा माओवादीका कृष्ण चौधरीसँग १२ हजार ६९८ मत रहेकोमा निवर्तमान सांसद नेकपा एमालेका गौरीशंकर चौधरी ७ हजार ४१४ मतसहित तेस्रोमा छन्।

Shivam cement

कैलाली ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता बनाएकोमा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको छ। क्षेत्र नम्बर ४ मा ६ हजार ४२८ मत पाएका भट्टलाई गठबन्धन उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरले ५ हजार ९७६ मतसहित पछ्याइरहेका छन्। 

यसैगरी बर्दिया क्षेत्र नम्बर २ मा पनि उन्मुक्तिले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार ४१ हजार ८८ मत गणना हुँदा यहाँ रेशमका पिता लालवीरले १६ हजार ४५८ मतसहित अग्रता बनाएका छन्। दोस्रोमा गठबन्धनबाट माओवादीका सुरेश पन्थले १० हजार ८९३ मत पाएका छन्। तेस्रोमा रहेको नेकपा एमालेका पंकजसिंह राठौरसँग ६ हजार ५५५ मत रहेको छ।

प्रकाशित: Nov 22, 2022| 11:12 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...