बुधबार, चैत १५, २०७९

किन उत्साहित भएनन् मतदाता?

निर्वाचन आयोगका अनुसार यस निवार्चनमा ६१ प्रतिशत मत खसेको छ, जुन गत स्थानीय चुनावको भन्दा ४.०७ प्रतिशतले कम हो भने २०४८ सालदेखिकै कम मत हो। मतदान प्रतिशतको अध्ययन गर्दा २०७० सालमा ७८.७४ प्रतिशत र २०७४ को निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको इतिहास छ।
 |  मंगलबार, मंसिर ६, २०७९

रवि सेन्चुरी

रवि सेन्चुरी

मंगलबार, मंसिर ६, २०७९

भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको मत परिणाम आउने क्रम जारी छ। मतगणनासँगै यस निर्वाचनबारे विभिन्न दृष्टिकोणबाट बहस सिर्जना हुँदैछ। कुन पार्टीले कति सिट ल्याउँछ, कुन नेताले जित्दैछन्, कसको कति मत आउँदैछ, कसको सरकार बन्छ, गठबन्धनको स्थिति के हुन्छ, स्वतन्त्र पार्टीको उदयसँगै यस पटकको निर्वाचनमा किन मतदाताको सहभागिता घट्यो, पहिलाको जस्तो यस निवार्चनमा किन मतदातरुमा रौनता छाएन जस्ता विषय केन्द्रित छन्। 

National life insurance

निर्वाचन आयोगका अनुसार यस निवार्चनमा ६१ प्रतिशत मत खसेको छ, जुन गत स्थानीय चुनावको भन्दा ४.०७ प्रतिशतले कम हो भने २०४८ सालदेखिकै कम मत हो। मतदान प्रतिशतको अध्ययन गर्दा २०७० सालमा ७८.७४ प्रतिशत र २०७४ को निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको इतिहास छ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो, जहाँ कुनै पनि व्यक्तिले उम्मेदवार हुन र चुनिन पाउँछ। हरेक मतदाताको मतले निर्वाचनमा महत्वपूर्ण भूमिका हुने गर्छ। एक मतले कुनै पनि उम्मेदवारको हार, जितलाई निर्धारण गर्छ। उम्मेदवारको हार–जितसँगै देशकै राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्छ। ५ वर्ष सम्म देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्वाचनमा मतदाताको सहभागिता घट्नु, मतदाता निर्वाचनमा कम सहभागि नहुनु, रुचिमा ह्रास आउनु लोकतन्त्रमा त्यति राम्रो संकेत मान्न सकिँदैन। समग्रमा भन्नुपर्दा अहिलेका राजनीतिक दल, तिनका उम्मेदवारसँगै मतदाता त्यति खुसी एवम् सन्तुष्ट छैनन् भन्ने प्रष्ट देखिन्छ।

निर्वाचनको प्रचार अवधि र मतदानको समयमा विभिन्न व्यक्तिहरुसँग भेटघाट, कुराकानी गर्दा उनीहरुमा राजीतिक दल, तिनका नेता, नेतृत्वसँग खुसी देखिँदैन थिए। योबीचको राजनीतिक उतारचढावले पनि नकारात्मक रुपमा ठूलो भूमिका खेलेको छ। के कारणले भोट दिने, जितेर गएका नेताले के कस्ता विकासका कार्य गरे, आखिरमा जनता भन्दा पद र कुर्सीकै लागि रहेछ भन्दै निरासा पोखेका छन् धेरैले। उही पुराना अनुहार मात्र दोहार्याउने, नयाँ उम्मेदवारलाई मौका नदिएका कारण पनि मतदानमा कम उत्साह देखिएको हो।

जनताका स–साना गुनासाहरु छन्, जुन राष्ट्रिय पार्टीका नेतृत्वले त्यति गम्भिरताका साथ लिएका थिएनन्। भुइँ मान्छेका व्यक्तिगत इच्छा, अपेक्षा, स्वार्थ छैनन्। उनीहरुले आफ्ना उम्मेदवारले क्षेत्रमा केही गरोस्, देश विकास होस्, रोजगारीको अवसर होस्, भ्रष्टाचार नहोस्। महँगी नबढोस्। राष्ट्रमा काम गरेर खाने वातावरण होस्। चुनावपछि पनि जितेर गएका आफ्ना उम्मेदवारले बीच–बीचमा सम्पर्क गरुन्। देशले स्थिरता प्राप्त गर्दै विकासको गतिमा अघि बढोस् भन्ने रहेको छ।

worldlink

यसपालि मतदाता प्रतिशत घट्नुमा धेरै कारणहरु होलान् तर सामान्यतया निम्न कुराहरुले भूमिका खेलेको हुन सक्छ। 

गठबन्धन र तालमेलले उम्मेदवारको भागबण्डा
यस निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा ५ दलिय र नेकपा एमालेको नेतृत्वमा ३ दलिय तालमेल गरी दलहरु निर्वाचनमा सहभागि भएका थिए। जसले गर्दा आफ्ना दलका आफ्ना उम्मेदवार बाहेक अन्य दलका उम्मेदवारप्रति त्यति खुलेर कार्यकर्ता एवम् आम मतदाता सहभागि भएको पाइएन। जसले गर्दा उम्मेदवारको दल बाहेक अन्य दलको चासो कम भई उनीहरुले आम मतदाताहरुलाई भेट्ने, अनुरोध गर्ने, मतदानको महत्व बुझाउने र दलका कार्यकर्ताहरुमा जिम्मेवारी कम भएका कारणले मतदाताहरु उपेक्षामा परे।

आफ्ना एजेण्डा नहुनु
गठबन्धन र तालमेलका उम्मेदवार एवम् नयाँ स्वतन्त्र उम्मेदवारसँग गालिगलौज बाहेक अन्य विकास, समृद्धिका एजेण्डाहरु नहुनु र भए पनि बासी र काम चलाउ भएकाले पनि मतदाताहरु निरासा भए।

पुरानै उम्मेदवारलाई प्राथमिकता
राष्ट्रिय दलहरुले गठबन्धन र तालमेलका नाममा धेरै पटक जो २०४६ साल अघिदेखि संसदिय लाभ दिएका व्यक्तिहरु, जो परिक्षण भइसकेका छन्, उनीहरुलाई प्राथमिकता दिँदा पनि मतदातामा निरासा बनाएको छ।

उम्मेदवार र मतदाताबीच घट्दो सम्बन्ध
अझै पनि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु एकै पटक निर्वाचनमा देखिने, चुनाव लड्ने अनि अर्को निर्वाचनसम्म आम मतदातासम्म कुनै पनि सम्बन्ध नराख्ने, मतदातालाई उपेक्षा गर्ने, सम्बन्ध राखे पनि सानो घेरामा सीमित हुने जस्ता कारणले पर्यटकीय उम्मेदवारीका कारणले गर्दा उम्मेदवारी र मतदाताबीच, मतदान बाहेक अन्य आत्मिय सम्बन्ध स्थापित नभएका कारण पनि मतदाताहरु उत्साहित देखिएन्न्।

लगत्तै चुनाव
स्थानीय चुनावमा वडा स्तरका विभिन्न दलका उम्मेदवार, उनीहरुका आफन्त, साथीभाइ लगायत खर्चले निर्वाचन हरेक घर–घरमा पुगेको थियो। जसरी पनि मतदान गर्नुपर्छ अन्यथा आफ्ना उम्मेदवार हार्छन् भन्ने थियो। तर अहिलेको निर्वाचनमा निर्वाचन आयोगले जुन आचार संहिता निर्माण गर्यो। त्यसले धेरै विकृतिहरु रोक्यो साथै थोरै उम्मेदवार भएका कारणले पनि मतदाताहरुले मतदान गर्नुपर्छ भन्ने भावना सृजना हुन सकेन।

पहिलेका आश्वासन पूरा नहुनु
राजनीतिक दलहरु विभिन्न चरणमा गरेका वाचाहरु पूरा नहुनु, आम मतदाताले सोचे अनुरुप विकासका कार्य गर्न नसक्नु

वर्तमानका राजनीतिक परिदृष्य
यो पाँच वर्षमा सरकार दलहरु सत्ता निर्माण र भत्काउनमा केन्द्रित  हुँदा आम जनताको दैनिकी ओझेलमा पर्न गयो। जसले गर्दा नागरिकका जिवनमा कष्टहरु थपिँदै गए। कुनै पनि नेतृत्वले जनतालाई आशावादी भन्दा निरास बनाउन भूमिका खेलेकाले पनि आम मतदातामा निरासा छायो।

यस निवार्चनले आम मतदाता दलप्रति त्यति सन्तुष्ट छैनन् भन्ने कुरा स्पष्ट पारेको छ। साथै दलहरुका लागि एक प्रकारको शिक्षा पनि प्रदान गरेको छ। तसर्थ अबका दल र तिनका नेतृत्व कि सच्चिन तयार कि सकिन तयार हौ भन्ने सन्देश प्रदान गरेको छ। तसर्थ अबका दिनमा किन मतदानको प्रतिशत घट्यो भनेर सबै दल एवम् मतदाताहरुले विशेष ध्यान दिन जरुरी छ।

प्रकाशित: Nov 22, 2022| 11:11. 59 मंगलबार, मंसिर ६, २०७९

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...