मंगलबार, असार ९, २०८३

मोरङ १ र २ मा एमाले, ३ मा कांग्रेसको अग्रता

मोरङका दुईवटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

विराटनगर- मोरङका दुईवटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ।

National life

 निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका घनस्याम खतिवडाले सुरुवाति अग्रता लिएका छन्। ४ हजार ४०३ मतगणना हुँदा खतिवडाले १ हजार ७०१ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका डिगबहादुर लिम्वुले पछ्याईरहेका छन्। लिम्वुले १ हजार १७० मत ल्याएका छन्। 

एमालेका खतिवडा निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्। प्रदेश सभाको (क) मा पनि एमालेका उमाकान्त गौतम अघि रहेका छन्।

क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ६१५ मतदाता मध्ये ७६ हजार ५४ मत खसेको थियो। सो क्षेत्रको मतगणना उर्लाबारी नगरपालिकामा भइरहेको छ। 

क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन्। १ हजार मत गणना गर्दा एमालेका पोखरेलले ५ सय ८ मत प्राप्त गरेका छन्। पोखरेललाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले ४०७ मतका साथ पछ्याइरहेकी छन्। क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १२७ मत खसेको थियो। सो क्षेत्रको मतगणना रतुवामाईको विश्वनाथ मन्दिरमा भइरहेको छ। 

Shivam cement

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका डा. सुनिल शर्माले शुरुवाती अग्रता लिएका छन्। शर्माले ३ हजार ५६१ मतगणना हुँदा १ हजार ८९२  एमालेका भानुभक्त ढकालले ९७६ र राप्रपाकी रेखा थापाले ३८८ मत ल्याएकी छन्। 

क्षेत्र नम्बर ३ मा १ लाख ४९ हजार ८३३ मतदाता मध्ये ९७ हजार ५०१ मत खसेको थियो। सो क्षेत्रको मतगणना बेलबारीको भगवती माविमा भइरहेको छ। 

क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना जारी छ। ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, ५ मा स्वतन्त्रका योगेन्द्र मण्डल (जोगी) र क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाको अग्रता कायमै छ।

प्रकाशित: Nov 22, 2022| 07:42 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...