मंगलबार, असार ९, २०८३

कहाँ कसले जिते अहिलेसम्म ?

अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ। काठमाडौं १, मनाङ, मुस्ताङ र ललितपुर २ को अन्तिम नतिजा आएको हो।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम पनि सुरू भइसकेको छ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ। काठमाडौं १, मनाङ, मुस्ताङ र ललितपुर २ को अन्तिम नतिजा आएको हो।

National life

काडमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७ हजार १४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। मिश्रले ७ हजार ११ मत पाए।

नेपाली कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २ हजार ५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २ हजार २४७ मत पाए।

मुस्ताङ १ मा पनि कांग्रेसकै योगेश गौचन थकालीले जितेका छन्। उनले ३ हजार ९९२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाए।

नेकपा एमालेले भने ललितपुरबाट खाता खोलेको छ। एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन्। ललितपुर २ बाट निर्वाचित उनले १५ हजार २५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाए।

Shivam cement

प्रकाशित: Nov 22, 2022| 06:42 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...