मंगलबार, असार ९, २०८३

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

२ हजार ५७७ मत ल्याई विजयी भएका गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोल्देनछोपाङ गुरुङले २ हजार २४७ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरे।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

चामे- प्रतिनिधि सभाअन्तर्गत मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।

National life

२ हजार ५७७ मत ल्याई विजयी भएका गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोल्देनछोपाङ गुरुङले २ हजार २४७ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरे। 

यसपालि ३३० मतान्तरले पराजित एमालेका पोल्देन २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए। त्यसबेला पाल्देनले २३ सय मत ल्याउँदा टेकबहादुरले २०२१ मत ल्याएका थिए। 

मनाङ 'क' बाट प्रदेशसभामा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्। यसअघि नै मनाङ 'ख'बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका थिए। 

यसअघि सार्वजनिक मत‍परिणामअुनसार मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। 

Shivam cement

प्रकाशित: Nov 21, 2022| 22:27 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...