मंगलबार, असार ९, २०८३

अग्रताका हिसाबले घण्टी तेस्रोमा, कहाँ के छ अवस्था ?

 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। कुल १६५ मध्ये ६१ क्षेत्रको मतगणना भइरहेको छ।

National life

जसमध्ये मुस्ताङमा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ। प्रतिनिधिसभामा योगेश गौचन थकाली तथा प्रदेश कमा नम्डु र खमा विकल शेरचन निर्वाचित भएका छन्। मतगणना जारी रहेका ६० स्थानमा नेपाली कांग्रेसले २८ र नेकपा एमालेले १५ ठाउँमा अग्रता बनाएको छ।

दल दर्ताको छोटो समयमै राम्रो माहोल बनाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। रास्वपाले देशभर ७ स्थानमा अग्रता बनाएको छ।

अध्यक्ष रविको क्षेत्रमा घण्टीले अग्रता बनाउन सकेको छैन। यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल ६८९ मतले लिड गरिरहेका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत पाउँदा रविले १६४ मत पाएका छन्। सुरुमा यहाँ इच्छाकामना गाउँपालिका १ को मतगणना भएको हो, जुन एमालेको पकड क्षेत्र हो। विभिन्न मत सर्वेक्षणले यहाँ रविले ठूलो मतान्तरसहित चुनाव जित्ने देखाएका छन्।

ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपाकी तोसिमा कार्की २ हजार १८५ मतसहित पहिलोस्थानमा छिन्। उनलाई पछ्याइरहेका एमालेका अमृता खड्काले १ हजार ८८५ मत पाउँदा माओवादीकी पम्फा भुसालले १ हजार १९९ मत ल्याएकी छन्।

Shivam cement

काठमाडौं ६ मा रास्वपाका शिशिर खनालले अग्रता बनाएका छन्। हालसम्मको गणनामा उनले ६१६ मत ल्याउँदा एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेन दास प्रधान दुवैले ४७२-४७२ मत पाएका छन्। 

काठमाडौं क्षेत्र नम्बर २ मा सोबिताले अग्रता बनाएकी छन्। हालसम्मको गणनामा सोबिताले ३३३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाँलले २१७ मत ल्याएका छन्। माओवादीकी ओनसरी घर्ती १८१ मतसहित तेस्रोमा छिन्।

रुपन्देही २ मा घण्टी चिन्हका गणेश पौडेलले ३ सय मत गणना गर्दा १२६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याएका एमाले उपाध्यक्ष विष्णु पौडेलले ८३ मत पाएका छन्।


प्रकाशित: Nov 21, 2022| 18:10 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...