मंगलबार, असार ९, २०८३

६० निर्वाचन क्षेत्रको मतगणना हुँदा २८ मा कांग्रेस अगाडि

प्रतिनिधिसभाका १६५ मध्ये ६० वटा निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ। अहिलेसम्म २८ स्थानमा सत्तारुढ नेपाली कांग्रेसले अग्रता लिएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये ६० वटा निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ। अहिलेसम्म २८ स्थानमा सत्तारुढ नेपाली कांग्रेसले अग्रता लिएको छ। 

National life

प्रमुख प्रतिपक्षी एमालेले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले ३–३ निर्वाचन क्षेत्रमा अग्रता लिका छन्। 

इलाम १ मा कांग्रेसका डम्बर खड्का उदयपुर १ मा नारायण खड्का, मोरङ ६ मा शेखर कोइराला, पर्सा २ मा अजयकुमार चौरसिया, रौटहट–४ मा देवप्रकाश तिमलसिना, सप्तरी ४ मा तेचुला चौधरीले सुरुवाती अग्रता लिएका छन्।

यस्तै काठमाडौं– ४ मा गगन थापा, काठमाडौं– ५ मा प्रदीप पौडेल, काठमाडौं– १० राजन केसी, चितवन– १ मा विश्वनाथ पौडेल, नुवाकोट–१ अर्जुननरसिंह केसी, भत्तपुर –२ मा दुर्लभ थापा र मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय ‘डिना’ अगाडि छन्। 

कास्की – १ मा किशोरदत्त बराल, तनुहँ– १ मा रामचन्द्र पौडेल, २ मा शंकर भण्डारी, नवलपुर – १ मा विष्णुकुमार कार्की, कपिलवस्तु –२ मा सुरेन्द्र आचार्य, ३ मा अभिषेकप्रताप साह, दाङ ३ मा दीपक गिरि, बर्दिया – १ मा सञ्जय गौतम, रुपन्देही – ३ मा बालकृष्ण खाण र ५ मा भरत शाहले अग्रता लिएका छन्।

Shivam cement

सुर्खेत– २ मा हृदयराम थानी, कञ्चनपुर– ३ मा रमेश लेखक डडेल्धुरामा शेरबहादुर देउवा, कैलाली–४ मा वीरबहादुर बलायर, अछाम– २ मा पुष्पबहादुर शाहले अग्रता लिएका छन्।

प्रकाशित: Nov 21, 2022| 17:49 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...