काठमाडौं- नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि. ले ग्रहकहरुद्वरासर्वाधिक रुचाइयेकोे बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ।
यस स्कीमअन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र रु. १९,९९९ को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने प्रावधान रहेको छ। खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रालिबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन्।
कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४