काठमाडौं- लक्ष्मी इन्टरनेशनल प्रालि ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन ९नाडा० अटो शोमा सेप्टेम्बर ११, २०१८ मा गर्यो। ह्यूण्डाई आइओनिक्यू, ह्यूण्डाई नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो।
आइओनिक्यू मा २८केडब्लूएच लिथिएम आओन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ किलोवाटको ईलेक्ट्रीक मोटर छ, जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिन्छ। यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर हुन्छ। नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ। आइओनिक्यूको साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन।
उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी-साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आइओनिक्यूको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ।
ह्यूण्डाई ग्राहकहरुको बारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध छौं।
ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न ह्यूण्डाई भविष्यको पूर्णरुपले तयार छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४