काठमाडौं- हाउस अफ राजकर्णिकारद्वारा आयोजित छैटौं रुस्लान फुड एंड वेभेरेज एंड हस्पिटालिटी प्रदर्शनी २०१८ यहि अशोज १३ गते देखि १५ गते सम्म भृकुटीमण्डप काठमाडौँमा हुन भएको छ। यो प्रदर्शनी बृहत रुपमा खाना, पेय र्पदार्थ र सत्कार क्षेत्रमा समर्पित छ।
यस क्षेत्रमा केन्द्रित भई व्यापक रुपमा विस्तार भइरहेको छ र यस्तो नेपालमा एक मात्र पनि हो। होटल, रेस्टुराँ तथा पार्टी प्यालेसहरुका लागि खाना तथा पेय पदार्थ आम्दानीको प्रमुख स्रोत बनेको छ भने पछिल्लो दश वर्षमा निकै विस्तार भएको छ।
हाउस अफ राजकर्णिकारले यसै वर्षदेखि एफविएच २०१८ मा प्रवेश गरेको होट्रीमाइ र आर्कीसंग साझेदारी गरेको छ। येस्तै नेपालका होटल व्यवस्थापन कलेजहरु मध्येको एउटा उत्कृष्ट सिल्भर मौंटेन स्कुल अफ होटल म्यानेजमेन्टले इभेन्ट पार्टनरको रुपमा प्रतियोगिता र अन्य कार्यक्रमहरुको आयोजना तथा व्यवस्थापन गर्ने छ। होटल एसोसिएसन नेपाल, रेस्टुरा एन्ड बार एसोसिएसन, एभा नेपाल र सेफ एसोसिएसन नेपाल यस प्रदशनीको सक्रिय समर्थक बनेका छन्।
एफबीएचले ३० देखि ४० हजार दर्शकहरुको अपेक्षा गरको छ। जस मध्ये करिब १२ हजार व्यापारिक तथा व्यावसायिक अवोलोकनकर्ताहरु हुने अपेक्षा छ। होटल तथा रेस्टुराँ व्यवसायीहरू, क्लब तथा बारका सन्चालकहरु, सेफहरु, बारटेन्डरहरु, सुपर मार्केट तथा ग्रोसरी सन्चालकहरु, बेकरी तथा प्रशोधित खाना उत्पादकहरु, कृषी प्रशोधन उत्पादकहरु र साधारण उपभोक्ताहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रम मुख्य रुपमा व्यवसायी तथा व्यापारी केन्द्रित भए पनि उपभोक्ताहरु पनि ठुलो संख्यामा अवोलोकन हुने अपेक्षा गरिएको छ।
भिजिटरको रुपमा तपाइलाई उत्पादन तथा उत्पादकहरु, सेवा तथा सप्लायर्सहरुको बृहत छनौटको अवसर हुने छ। द रुस्लन फुड एंड वेभेरेज एन्ड हस्पिटालिटी २०१८ ले १८२० वर्ग मिटरमा पाँच हजार जति सामग्री तथा सेवा, दुर्इ सय कम्पनीहरु, १४१ वटा स्टलहरु प्रस्तुत गर्ने छ। एफबीएच २०१८ले तीन दिने कार्यक्रमका क्रममा ७ वटा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम पनिआयोजना गर्ने छ।
लाभाजा बेस्ट बरिस्टा प्रतियोगिता, मोनिन बारटेन्डर प्रतियोगिता र मास्टर सेफ च्यालेन्ज जस्ता कार्यक्रमका आयोजना हुने छन्। यो प्रदशिनिमा नया खाना र पेय पदार्थको स्वाद चाख्नेसुनौलो अवसर हुने शंका छैन्। साथै दर्शकहरुका लागि अवोलोकन गर्ने, अन्तरक्रिया गर्ने र सम्पर्क स्थापित गर्ने अवसर पनि हुने छ।
मुख्य दैनिक पत्रिकाहरु, म्यागजिन, टेलिभिजन स्क्रोल, इमेल, एसएमएस, फेसबुक तथा निम्तो पात्रहरुद्वरा एफबीएचले विज्ञापन तथा प्रवर्द्धन गर्ने छ। एफविएचको बृहत मिडिया अभियान तथा प्रत्यक्ष मार्केटिंग हुनेछ।
यस प्रदशनी दौरानमा स्निक प्रिभ्यु मोकटेल रिसेप्सन र रिटेलेर्स मिमोसा ब्रेकफास्ट रिसेप्सन आयोजना हुनेछ। जसमा सत्कार क्षेत्रका एक हजार जना निर्णायकहरु आमन्त्रित गरिने छन्। व्यापारीहरुका लागि एफविएचले चितवन, लुम्बिनी, पोखरा, धुलिखेल, नगरकोट र ठमेलबाट बसको व्यवस्था समेत गर्ने छ भने ठुला होटल तथारेस्टुरा व्यावासयिबरुका लागि गाडी सुविधा पनि उपलब्ध गरिनेछ।
रुस्लन फुड एंड वेभेरेज एंड हस्पिटालिटी २०१८ प्रत्यक्ष प्रवोधन शक्तिलाइ स्पस्ट रुपमा प्रदर्शन गर्दै परिभाषित गर्ने चाहिन्छ साथै यस प्रदर्शनीले आगामी दशैँ तिहार, छट, क्रिस्टमस, ल्होछार,नया वर्ष तथा विवाह जस्ता खाना तथा पेय पदार्थ मौसमका लहर शुरु गर्ने तयार गर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४