बुधबार, वैशाख १९, २०८१

नेपाल बैंकको अनुभव : नियामक, 'नाजुक' र सफल

बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर अघि बढिरहेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

रासस

रासस

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि वि.सं. १९९४ मा स्थापित नेपाल बैंक लिमिटेडले ८६औँ बसन्तमा प्रवेश गरेको छ। यो अवधिमा बैंकले अनेकौँ घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ। बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर अघि बढिरहेको छ। 

triton college

बैंकको वित्तीय विवरणले सबल संस्था बनेको देखाएको  छ। २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनुअघिसम्म बैंकले केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहाससमेत बोकेको छ। 

नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले भूमिका खेलेको छ। विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको यो बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका थिए।

विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँं शताब्दी कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो। 

स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए। सुरुवाती वर्षमा ८ लाख ४२ हजार चुक्तापूँजी र १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म १ खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ। त्यस्तै रु एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए। 

corrent noodles
Metro Mart

बैंकको चुक्तापूँजी १४ अर्ब ४० करोड छ। हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा रु २१ अर्ब ६८ करोड बराबरको रकम छ। कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ।

'हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ,' प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्छन्। 

बैंकले हाल २३ लाखभन्दा बढी ग्राहक बनाएको जानकारी दिएको छ। एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत ढड्डा ढर्रामा आधारित थियो। २२६ शाखामार्फत् कारोबार गर्दै आएको सो बैंकले ११९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ। 

आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ। बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्यले अङ्गालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात गरेको दाबी गरिएको छ। 

कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ। युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योगदान दिएको छ।

अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत् व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गरेका छन्। 

प्रकाशित: Nov 16, 2022| 19:33 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्