शुक्रबार, जेठ २९, २०८३

नवीकरण हुँदै ईपीएस सम्झौता

कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्सलगायत विभिन्न १६ मुलुकबाट ईपीएस प्रणालीमार्फत श्रमिक लगिरहेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता नवीकरण गर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२० देखि नवीकरण प्रक्रियामा रहेको सम्झौता १६ देशसँग एकै पटक हुन लागेकाले ढिलाइ भएको बताएको छ।

National life

दक्षिण कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्सलगायत विभिन्न १६ मुलुकबाट ईपीएस प्रणालीमार्फत श्रमिक लगिरहेको छ।

समझदारी प्रत्येक दुई/दुई वर्षको अन्तरमा हुने गरेको छ। अब हुने सम्झौता पाचौं हो। नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा ईपीएस प्रणालीअनुसार श्रमिक लैजाने समझदारी भएको थियो। समझदारीपछि कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ। पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको  द्विपक्षीय समझदारी सन् २०२० देखि नवीकरण प्रक्रियामा छ। 

विभागका निर्देशक पुष्पराज कटुवाल अब हुने नवीकरणमा ‘कमिटेड’ (करार अवधिभर एउटै कम्पनीमा कार्यरत श्रमिकलाई थप अर्को अवधिका लागि सम्झौता गरिएका) नेपाली श्रमिक नेपाल फर्किएको एक महिनामै पुनः कोरिया फर्किन पाउने व्यवस्था गरिने बताउँछन्। यसअघि तीन महिनापछि मात्रै फर्कन पाउने व्यवस्था थियो। 

कोरियाले नेपाली श्रमिकको कोटा वृद्धि गरेको छ। शाखाका अनुसार यसअघि ६ हजारदेखि ८ हजारको संख्यामा नेपाली श्रमिक लैजाँदै आएको कोरियाले हाल कोटा बढाएर साढे १५ हजार पुर्‍याएको छ। 

Shivam cement

प्रकाशित: Nov 16, 2022| 13:02 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्