शुक्रबार, साउन १, २०८३

गोरखामा ग्लोबलको नयाँ शाखा    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंकले बिहिबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ।

उक्‍त शाखा गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् । 

सो शाखामा एटिएम सेवाको पनि उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिए ।
 
हाल गोरखा जिल्लास्थित गोरखा बजार, मनकामना र सिरानचोक गरि तीन स्थानमा शाखा सञ्चालनमा ल्याइएको छ । 

नवलपरासीमा बैंकको एटिएम सेवा

बैंकले बिहिबारदेखि आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासी जिल्लाको गैँडाकोटमा सञ्चालनमा ल्याएको छ । बैंककोअनुसार गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासहित बैंकको कुल १३२ शाखा र एटिएम सेवा १३७ पुगेको छ ।

त्यस्तैगरि बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, पाँच एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, तीन प्रतिनिधि/सम्पर्क कार्यालयमाफर्त आफ्ना नौं लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्