काठमाडौं–नेप्से बजारमा उछाल आएको छ । बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १४.१३ अंक बढेर एक हजार दुई सय ४४.८४ विन्दुमा पुगेको छ । बजारमा आएका अधिकांश समूहको परिसूचक रातो हुदा नेप्से बजार बढेको हो ।
‘क’ वर्गका कम्पनीहरुको सेन्सेटीभ इन्डेक्स समेत ३.४७ अंक बढेर २६४.२७ विन्दुमा पुगेको छ ।
नेप्से बजारमा १७३ कम्पनीहरुको ७ हजार ४३६ कारोबारबाट २७ लाख ११ हजार ११० शेयरको खरिदबिक्रीबाट ७२ करोड ९८ लाख ५ हजार ५४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार नेप्से परिसूचक १३.०६ अंक बढेर एक हजार २३०.७१ बिन्दुमा पुग्दा कारोबार ४३ करोड ३९ लाख ५७ हजार ६८ रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । बुधबारको तुलनामा कारोबार २९ करोड रुपैयाँ बढेको हो ।
सबैभन्दा बढी होटेल समूहको परिसूचक बढ्यो
नेप्से बजारमा अएका १० समूह मध्ये सबैभन्दा बढी होटेल समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक ३२.१९ अंक बढेर एक हजार ९०७.२६ विन्दुमा पुगेको हो ।
त्यसपछि अन्य समूहको परिसूचक २२.२९, बैंकिङ समूहको परिसूचक १६.२, विकास बैंक समूहको परिसूचक ११.२७ अंक बढेको छ ।
हाइड्रो पावर समूहको परिसूचक ४.५३, फाइनान्स समूहको परिसूचक २.२ र उत्पादनमुलक समूहको परिसूचक २.०६ अंक बढेको छ ।
यद्यपी नन लाईफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र लाईफ इन्स्योरेन्स समूहको परिसूचक क्रमशः ४१.४१, ०.६९ र ११.१८ अंकले घटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४