शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ट्विटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

ट्विटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका खारेज गरिएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका खारेज गरिएको छ। 

National life

नोभेम्बर १ मा उक्त घोषणा गरिएको थियो। घोषणापछि नोभेम्बर ८ बाट अमेरिका, क्यानडा, न्यूजील्याण्ड र अष्ट्रेलियामा उक्त निर्णय कार्यान्वयन सुरु भएको थियो।

यी देशहरूबाट कैयन् फर्जी ट्विटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेका थिए। ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरिएको जनाएको हो।

एलन मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे। तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका व्यक्तिले पनि ब्लु टिक हासिल गर्न सक्ने बनाएका थिए।

पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरूपयोग गर्दै येशु क्राइस्टदेखि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुससम्मका नक्कली खाता बनाइ ट्विट गर्न थालिएपछि ट्विटरले उक्त नियम हटाएको हो।

Shivam cement

अमेरिकामा एक जना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्विट गरेका थिए।

यो ट्विटसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो। त्यसपछि कम्पनीले आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्‍यो।

एउटा कम्पनीको नक्कली ब्लु टिक अकाउन्टसम्म यो कुरा रोकिएन, लडाकु विमान निर्माता लकहिड मार्टिनले पनि नक्कली ब्लु टिक अकाउन्टबाट अमेरिका, इजरायल र साउदी अरेबियालाई हतियार नदिने ट्विट गरेको छ। यो ट्विटका कारण अमेरिकी शेयर बजारमा लकहिड मार्टिनको शेयर पनि ओरालो लागेको छ।

प्रकाशित: Nov 13, 2022| 09:00 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्