शुक्रबार, साउन १, २०८३

एउटा मासु पसल सिल, सातवटालाई सच्चिन निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–बुधबार काठमाडौंमा उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित एक मासु पसललाई शिलबन्दी गरेको छ भने बाँकी सात मासु पसललाई सात दिने निर्देशन दिएको छ ।

विभागले गरेको अनुगमनको क्रममा अनुगमन टोलिले पसल अत्यधिक फोहोर तथा अस्तव्यस्त भएको र त्यसले सोझै उपभोक्तालाई असर पर्ने भन्दै सिलबन्दी तथा सात दिने निर्देशन दिइएको हो ।

विभागले काठमाडौंको कुलेश्वरस्थित भकामना कोल्ड स्टोरलाई शिलबन्दी गरेको छ । विभागका शाखा अधिकृत खगेन्द्रराज जोशीले जनाएअनुसार उक्त कोल्ड स्टोरको कुखरा काट्ने स्थान अत्यधिक फोहोर, अस्त व्यस्त, दुर्गन्धित भएको, प्याकेजिङ मासुमा लेबल तथा स्टिकर नभएको लगायत कारणले सिलबन्दी गरिएको जनाए ।

त्यस्तै अनुगमनको क्रममा काठमाडौं, किर्तिपुरस्थित स्वदेशी लोकल माछा पशल, वाघभैरव मिट सेन्टर, भिमसेन मिट सप, समिर कोल्ड स्टोर लगायत सात मासु पशल तथा कोल्ड स्टोरहरुलाई सात दिने निर्देशन दिएको छ ।

सात पशलहरुमा टोलिले फोहोर रहेको, सुरक्षाका आवश्यक सामाग्रीहरु प्रयोग नभएको, व्यवसाय दर्ता नगरिएको, प्यान दर्ता नभएको, नापतौल प्रमाणीकरण नगरिएको, मूल्यसूची नभएको, साइनबोर्ड लगायत नराखिएको कैफियत भेटेको थियो ।

विभागले उक्त पशलहरुमा रहेको फोहोर सफा गर्न, सुरक्षाका सामाग्रीहरु प्रयोग गर्न, नविकरण नभएका पशलहरु नविकरण गर्न, प्यान दर्ता र नापतौल प्रमाणीकरण गर्न, आवश्यक कागजातहरु उपलब्ध गराउन लगायतका लागि सात दिनको म्याद दिएको शाखा अधिकृत जोशीले जानकारी गराएका छन् ।
 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्