शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खुकुरी रमको उत्पादकले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

खुकुरी रमको उत्पादकले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

प्रतिष्ठित ब्राण्ड खुकुरी रमको उत्पादक ‘दि नेपाल डिस्टिलरिज प्रालि’ ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– प्रतिष्ठित ब्राण्ड खुकुरी रमको उत्पादक ‘दि नेपाल डिस्टिलरिज प्रालि’ ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। 

National life

कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यता प्राप्त प्रमाणीकरण निकायबाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो। यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्दछ। 

दि नेपाल डिस्टीलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको छ। यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ। 

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ। 

‘आइएसओ ९००ः२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने, ‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ। यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ। यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।’

Shivam cement

कम्पनीबाट खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ। यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन्। 

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ। सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो।

प्रकाशित: Nov 11, 2022| 16:40 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्