शुक्रबार, जेठ २९, २०८३

२ लाख १० हजार करदाता थपिए

प्यान नम्बर लिने करदाताको संख्या ५० लाखमाथि पुगेको मन्त्रालयको तथ्यांक।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– अर्थ मन्त्रालयले पछिल्लो तीन महिनामा २ लाख बढी करदाता करको दायरामा समेटिएको विवरण सार्वजनिक गरेको छ। यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढी छ।

National life

मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज)मा स्थायी लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन्। यीमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ४८ हजार ७७३ छ।

यस अवधिमा ४६ हजार १ वटा व्यावसायिक स्थायी लेखा नम्बर जारी भएको मन्त्रालयले बताएको छ। अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३१३ प्यान नम्बर जारी भएका छन्। तीन महिने अवधिमा मूल्य अभिवृद्धि करमा ७ हजार २०७, अन्तःशुल्कमा ४ हजार ७१८ नयाँ करदाता थप भएका छन्।

मन्त्रालयको विवरणअनुसार प्यान नम्बर लिने करदाताको संख्या ५० लाख माथि पुगेको छ। व्यक्तिगत स्थायी लेखा नम्बरअनुसार देशभर प्यानमा दर्ता हुने करदाताको संख्या ३१ लाख ९९ हजार ७७ जना पुगेको छ।

प्रकाशित: Nov 11, 2022| 16:28 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्