शुक्रबार, जेठ २९, २०८३

महिना दिनमै रोजगारी खोजीमा विदेशिए ६३ हजार युवा

असोजमा सबैभन्दा धेरै २७ हजार ६२ नेपाली कामका लागि मलेसिया रोजगारीमा गएको विभागको तथ्यांक।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– गत असोजमा मात्रै ६२ हजार ७०७ नेपाली कामको खोजीमा विदेशिएको विवरण वैदेशिक रोजगार विभागले प्रकाशित गरेको छ। गत भदौमा यस्तो संख्या ७६ हजार ४०३ थियो । गत साउनमा ६३ हजार ३९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

National life

असोजमा औसत २ हजार ९० जना नेपाली श्रमका लागि विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ। विभागमा अनुसार असोजमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै मलेसिया गएका छन्। एक महिने अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीमा गएको विभागले जनाएको छ।

कोरानो महामारीका कारण लामो समय बन्द रहेको मलेसिया रोजगारी खुलेसँगै अहिले त्यहाँ नेपाली कामदारको माग बढिरहेको छ।असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ नेपाली रोजगारीका लागि पुगेका छन्।

तथ्यांकअनुसार ३७ हजार ४१२ श्रमिकलाई म्यानपावर कम्पनीले भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन्। बाँकी श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेशिएका हुन्। असोजमा ४४ हजार ३४ श्रमिक नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तिगत) मा विदेश गएका छन्।

प्रकाशित: Nov 11, 2022| 15:10 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्