शुक्रबार, जेठ २९, २०८३

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ। 

National life

हिजो बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो । हिजो भने सुनको मूल्य स्थिर रहेको थियो। महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। हिजो विहीबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

प्रकाशित: Nov 11, 2022| 12:05 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्