सोमबार, असार ८, २०८३

चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ

लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

लमजुङ- नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्। लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए। 

National life

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ। ‘प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ। कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ’, उनले भने।

खानेपानी, सडक, यातायात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए।  लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको उनले बताए।


प्रकाशित: Nov 10, 2022| 21:46 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...