सोमबार, भदौ २२, २०८३

इलाम १ : झलनाथ खनाल सातौंपटक चुनावी मैदानमा

विक्रम संवत् २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

इलाम- पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सातौंपटक इलामको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा छन्।

विक्रम संवत् २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन। गत आमचुनावमा नेकपा एमालेका तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेका थिए।

यसपटक कांग्रेस सहितको सत्ता गठबन्धनबाट साझा उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धी २ कार्यकाल इलाम नगरपालिकाको प्रमुख बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत छन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी पनि सोही क्षेत्रबाट दिएका छन्।

इलामको प्रदेशसभा १(१) मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेत्री एवं प्रदेश १ सरकारकी पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूको उम्मेदवारी रहेको छ भने एमालेले सन्दकपुर गाउँपालिकाकी पूर्व उपाध्यक्ष शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ। 

प्रदेशसभा १(२) मा गठबन्धनबाट कांग्रेसका नेता एवं रोङ गाउँपालिकाका पूर्व अध्यक्ष शमशेर राईका विरुद्ध एमालेले माई नगरपालिकाका पूर्व प्रमुख दीपककुमार थेबेलाई अघि सारेको छ।

उम्मेदवारहरू आ–आफ्नो एजेण्डा, पार्टीको घोषणा र प्रतिबद्धतापत्र लिएर जनताको घरदैलोमा व्यस्त छन्। भेला तथा चुनावी सभाले निर्वाचनको माहौल तताएको छ। नेता खनाल सडकदेखि पर्यटनसम्मका १७ योजनासहित अहिलेसम्म भएका कामको फेहरिस्त लिएर चुनाव प्रचारमा व्यस्त छन्।


प्रकाशित: Nov 10, 2022| 19:08 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...