सोमबार, असार ८, २०८३

धनुषा- १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धामा

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले-जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

जनकपुरधाम- धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन्। सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले-जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

National life

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनीहरूबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने सो क्षेत्रमा चर्चा छ। उनीहरु दुबै जना गत २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए। गत २०७४ सालको निर्वाचनमा यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गरे। यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

यसपटकको निर्वाचनमा भने यादव र कार्कीसँगै जनमत पार्टीबाट किशोरी साह(कमल) पनि चुनावी प्रतिस्पर्धामा छन्। गत २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट धनुषा क्षेत्र नं १ ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित साहलाई यसपटक एमालेले टिकट नदिएपछि उनी एमाले परित्याग गरेर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। गत २०७४ सालको निर्वाचनमा माओवादी नेता यादवलाई नेकपा एमालेको साथ थियो भने तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका कार्कीलाई तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि साथ दिएको थियो।

तर पनि कार्की यादवसँग करिब नौ हजार एक सय २२ मत अन्तरले पराजित भएका थिए। अहिले राजनीतिक दलको गठबन्धन फेरिएकाले चुनावी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न गाह्रो रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ का रवीन्द्र साहले बताए। ‘दुई वटा छुट्टाछुट्टै गठबन्धनबाट यादव र कार्की चुनावी मैदानमा छन्, उनीहरूबीच रोचक प्रतिस्पर्धा हुने हाम्रो अनुमान छ’, साहले भने,’ यादव राजनीतिका पुराना खेलाडी हुनुहुन्छ र उहाँलाई अन्य दलको साथ छ भने अघिल्लो निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी कार्की पनि एमालेको समर्थन पाउनुभएको छ।’ जसका कारण ती दुईमध्ये कसले बाजी मार्ला भन्ने अनुमान गर्न सहज नभएको उनको भनाइ छ। यतिबेला यादवलाई माओवादीसँगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलको समर्थन छ भने कार्कीलाई जसपासँगै एमालेले साथ दिएको छ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकाको मतलाई जोड्दा कांग्रेसले १७ हजार पाँच सय ५०, एमालेले १५ हजार आठ सय १७, माओवादीले १२ हजार दुई सय ९२ र जसपाले नौ हजार १० मत प्राप्त गरेको थिए। त्यस्तै लोसपा उम्मेदवारले छ हजार  ६ सय २४, राप्रपाले चार हजार नौ सय ३०, जनमत पार्टीले तीन हजार तीन सय २०, एकीकृत समाजवादीले दुई हजार नौ सय ३७ र स्वतन्त्र उम्मेदवारले तीन हजार तीन सय २४ प्राप्त गरे।

Shivam cement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी  दर्ता गराएका उम्मेदवार यतिबेला धनुषामा प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले धनुषामा यतिबेला चुनावी माहौल तातेको छ। चुनावी तयारीलाई तीव्र पारेको सत्तारूढ पाँच दलीय गठबन्धन र एमाले-जसपा गठबन्धन छुट्टाछुट्टै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन्।


सो क्षेत्रमा सबैला नगरपालिका, गणेशमान चारनाथ र धनुषाधाम नगरपालिकाको सबै वडा तथा हङ्सपुर नगरपालिका-२, ३, ५, ७ र ८ गरी पाँच वडा, मिथिला बिहारी नगरपालिका– १, ३, ४ र ५ गरी चार वडा, क्षीरेश्वरनाथ नगरपालिकाका ८ र ९ गरी २ वडा र मिथिला नगरपालिकाको ४ नम्बर वडा गरी ४५ वडा पर्दछ। 

पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पकड, पाँच वर्षमा गरेको विकासका कामले चुनाव आफूहरूकै उम्मेदवारले जित्ने नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले बताए। प्रतिनिधिसभामा आफ्नो पार्टीको उम्मेदवार भए पनि दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेका उम्मेदवार भएकाले कांग्रेसबाट अन्तरघात नहुने र गठबन्धनको जित सुनिश्चित रहेको उनको दाबी छ। ‘जित्नलाई हाम्रो गठबन्धनको आफ्नै ३९ हजार भन्दा बढी मत छ’, उनले भने , ‘विगतमा एमालेबाटै जितेका साह एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको छ, यसको फाइदा हामीलाई हुन्छ।’

अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेको र यसपटक एमालेको साथ तथा निर्वाचन क्षेत्रमा लामो समयदेखि जनताको निस्वार्थ काम गरेकोले आफूले जित्ने जसपाका उम्मेदवार दीपक कार्की दाबी गर्छन्।’यो जिल्ला र क्षेत्रमा मैले लामो समय काम गरेको छु’, उनले भने ‘त्यसैले मतदाताले मत दिन्छन भन्ने मलाई विश्वास छ, मेरो कामको मूल्यांकन गरेर जनताले मलाई अवश्य जिताउँछन्।’

यता दल बदलेर प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने आकांक्षा राखेका साहले आफू विजयी हुने दाबी गरे। ‘अब जनता विगत जस्तो झुक्किँदैनन्, म एमालेमा छँदा पार्टीको मतदाताभन्दा धेरै मत मलाई परेको थियो’, साहले भने,’ यो मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो।’ त्यसैले यसपटक पनि आफू नै चुनाव जित्ने उनको दाबी छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी  दर्ता गराएका उम्मेदवार यतिबेला धनुषामा प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले धनुषामा यतिबेला चुनावी माहौल तातेको छ। चुनावी तयारीलाई तीव्र पारेको सत्तारूढ पाँच दलीय गठबन्धन र एमाले-जसपा गठबन्धन छुट्टाछुट्टै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन्।

धनुषामा दुई लाख ५२ हजार नौ सय १५ पुरुष, दुई लाख २१ हजार ६ सय ६५ महिला र अन्य सात गरी कूल चार लाख ७४ हजार पाँच सय ८७ जना मतदाता रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ। धनुषामा तीन सय २२ मतदानस्थल र  ६ सय पाँच मतदान केन्द्र तोकिएका छन्।  -रासस

प्रकाशित: Nov 10, 2022| 15:27 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...