सोमबार, असार ८, २०८३

वारेस मतदाताप्रति निगरानी राख्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

अशक्तताको नाम लिएर राजनीतिक दलका प्रतिनिधिले विगतमा आफूखुसी वारेस बनेर मतदान गरेका घटना बाहिर आएकाले आगामी निर्वाचनमा त्यसो हुन नदिन थपलियाले निर्वाचन अधिकृतलाई निर्देशन दिएका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताका वारेसप्रति निगरानी राख्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन्।

National life

अशक्तताको नाम लिएर राजनीतिक दलका प्रतिनिधिले विगतमा आफूखुसी वारेस बनेर मतदान गरेका घटना बाहिर आएकाले आगामी निर्वाचनमा त्यसो हुन नदिन थपलियाले निर्वाचन अधिकृतलाई निर्देशन दिएका हुन्।

उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएकाले चनाखो हुन मतदान अधिकृतलाई सुझाए।

गत स्थानीय तह निर्वाचनमा आफैं मतदान गर्न सक्ने मतदाताले समेत आफू अशक्त भएको बहाना बनाई अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन उनले आग्रह गरे। आगामी निर्वाचनमा पनि सोही प्रकृतिका घटना दोहोरिए त्यसमा संलग्न जोसुकैलाई कारबाही हुने उनले चेतावनी दिए।

कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराए निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही हुने उनले बताए।

Shivam cement

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैंगिक एवं अपांगतामैत्री बनाउन सम्बन्धित प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिए।

उनले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपांगता, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तलाई सहज पहुँचको सुनिश्चितता कायम गर्ने गरी मतदान केन्द्र निर्माण गर्न आग्रह गरे।

मतदान अधिकृतले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री र आफ्नो काखमा बालबालिका लिएर आएका महिला र अपांगता भएकालाई विशेष प्राथमिकता दिई धेरै समय कुर्नु नपर्ने गरी मतदान व्यवस्था मिलाउन निर्देशन दिए।

प्रकाशित: Nov 10, 2022| 12:55 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...