सोमबार, भदौ २२, २०८३

मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ।

नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ।

मनोनयन दर्ताको लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ।

उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गतेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ। नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ।

निर्वाचन तालिका हेरफेर भए पनि मतदान भने मंसिर ४ गते नै हुनेछ। मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाश गर्नेसम्मको समय पर्याप्त भएकाले मतदानको मिति हेरफेर नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउँछ। ‘त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन भए पनि मतदानको मिति भने फेरिंदैन,’ उनले भने।

प्रदेश सभा निर्वाचन ऐन २०७४ मा जुन दलको उम्मेदवारको मृत्यु भएको हो, सोही दलले मात्र मनोनयन दर्ता गराउने छ। अन्य दलका उम्मेदवारहरुको उम्मेदवारी भने यथावत नै रहनेछ।

प्रकाशित: Nov 10, 2022| 08:30 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...