काठमाडौं- ग्लोबल आइएमई बैंकले मगंलबार थप दुर्इवटा शाखारहित बैंकिङ सेवासञ्चालनमा ल्याएको छ। थप गरिएका दुईवटा शाखारहित बैंकिङ सेवासंगै बैंकको शाखारहित बैंकिङ सेवासंख्या १०२ पुगेको छ।
बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका-६ चारपलामा आफ्नो १०१ औँ र सोही गाउँपालिका–१ बलिथुममा आफ्नो १०२ औँ शाखारहित बैंकिङ सेवा शुरु गरेको हो। उक्त दुवै शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको जनाएको छ।
चारपलामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय नारायण प्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानिय उत्तम पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ। यी दुई शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन्।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १३१ शाखा, १३५ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०२ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४