सोमबार, असार ८, २०८३

तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको छैन : निर्वाचन आयोग

सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार–प्रसार गर्न रोक नलगाएको प्रस्ट पारेको छ।

National life

सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो।

सञ्चारमाध्यमले कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। यसअघि आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य भएर सरकारी सुविधा लिएको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत गएपछि अदालतले तत्काल कार्यान्वयन नगर्न भन्दै आयोगको नाममा अन्तरिम आदेश दिएको थियो।

प्रकाशित: Nov 09, 2022| 17:59 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...