काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङ क्षेत्र–३ को ‘क’ मा नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले कांग्रेसका लागि उम्मेदवार मनोनयनसहितको नयाँ निर्वाचन कार्यतालिका तय गरेको हो।
आयोगले २४–२५ कात्तिकमाभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्नेछ। मतदान ४ मंसिरमै हुनेछ। गत २४ असोजमा डेंगु संक्रमण पुष्टि भएका थापा निमोनिया संक्रमित भएपछि नोबेल अस्पतालमा उपचाररत रहेकै अवस्थामा बुधबार निधन भएको थियो।